मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ कार्तिक ३० शनिबार ११:३७:००
Read Time : < 1 मिनेट
समाचार

सतुआही नाकामा सशस्त्र प्रहरी र स्थानीय बीच झडप

Read Time : < 1 मिनेट
२०७६ कार्तिक ३० शनिबार ११:३७:००

बाराकाे सिम्रौनगढ नगरपालिका ७, सतुआही नाकामा शुक्रबार राति सशस्त्र प्रहरी र स्थानीयबीच झडप भएको छ । अवैध रुपमा भारततर्फ लैजाँदै गरेको छोकडा प्रहरीले बरामद गरेपछि स्थानीय आक्रोसित भएका थिए । 

सशस्त्र प्रहरीले बरामद गरेको छोकडा पर्सा टोलका स्थानीयले खोस्न गएपछि झडप भएको थियो । झडपको क्रममा प्रहरीले १० राउण्ड हवाई फाएर गरेको छ । 

स्थानीयले सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेपछि भिड नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको सशस्त्र प्रहरी बल १२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रकाश थापाले बताए । झडपका क्रममा दुई प्रहरी जवान सामान्य घाइतेसमेत भएका छन् ।