सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २७ शनिबार
  • Saturday, 11 July, 2020
२०७६ कार्तिक ३० शनिबार ०९:३२:००
मुख्य समाचार

महाकाली नदीको मुहानदेखि पश्चिमको भू-भाग नेपालकै हो : देउवा

२०७६ कार्तिक ३० शनिबार ०९:३२:००

कांग्रेस सभापति शेरबहादुर देउवाकाले महाकाली नदीको  मुहानदेखि पश्चिमको भू–भाग नेपालकै भएको बताएका छन् । शनिबार नेपाल प्रेस युनियन कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेनलमा बोल्दै कांग्रेस सभापति देउवाले महाकाली नदिको उद्गम स्थलदेखि पश्चिमको पुरै भूमी नेपालको भएको बताएका हुन्।

कालापानी क्षेत्र त्रिदेशीय मिलन बिन्दु
महाकाली सीमा नदी भएको बताउँदै सभापति देउवाले कालापानी क्षेत्र त्रिदेशीय मिलन बिन्दु भएको बताए । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले आफु प्रधानमन्त्री हुँदा दार्चुला स्थित कालापनी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमी भएकाले फिर्ताको निरन्तर माग राखेको दाबी गरे । 

‘म प्रधानमन्त्री हुँदा नेपाली भूमीकाे रक्षा र अतिक्रमित भूमी फिर्ताका लागि भारतसंग पटक-पटक माग गरेको थिए', देउवाले भने, ‘कालापानी क्षेत्र पहिल्यै पञ्चायतकालमै भातले अतिक्रमण गरेको रहेछ ।’ नेपाली भूमी फिर्ता गराउन सरकारले आवश्यक पहल कदमी अघि बढाए काँग्रेस सघाउन तयार रहेको देउवाले बताए ।

दुई तिहाईको ओली सरकारले राष्ट्रवादको नारा दिने, तर राष्ट्रियता गुम्दा कुनै पहल नगरेको देउवाको आरोप छ । ‘ओली सरकार खाली राष्ट्रवादको नारा मात्रै दिन्छ, काम केही गर्दैन, ‘देउवाले भने, ‘काम गनुपर्‍यो हामी सर्मथन गछौँ ।’ 

कांग्रेस सभापति देउवाले निर्मलाका हत्यारालाई सरकारले नै लुकाउन खोजेको आरोप समेत लगाएका छन् । सरकारले निर्मलाको हत्यारा लुकाएर पीडित परिवारलाई न्याय नदिएको उनको भनाई छ ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय सहित विभिन्न विश्वविद्यालयमा उपकुलपति नियुक्तीको विषयमा देउवाले काँग्रेसलाई पनि नेतृत्व दिनुपर्ने आशय व्यक्त गरेका छन् ।शुक्रबारदेखि कञ्चनपुरको महेन्द्रनगरमा शुरु भएको नेपाल शिक्षक संघ सुदूरपश्चिमाञ्चल प्रदेशको प्रतिनिधी सभा उद्घाटन गर्न आएका कांग्रेस सभापति देउवाले शनिबारै बेलडाँडी, बेलौरी र पुनर्वास क्षेत्रका काँग्रेस नेता कार्यकर्तासंग भेटघाट गर्दै पुनर्वास नगरपालिका-३ मा वडाध्यक्ष पदका लागि हुने निर्वाचनमा कांग्रेस उम्मेद्वार जिताउने अभियानमा जुट्न कार्यकर्तालाई आह्वान गरेका छन् ।