मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
खोटाङ
२०७६ कार्तिक ३० शनिबार ०९:००:००
Read Time : < 1 मिनेट
अर्थ

अदुवाको मूल्य आकासियो

Read Time : < 1 मिनेट
खोटाङ
२०७६ कार्तिक ३० शनिबार ०९:००:००

यस वर्ष खोटाङमा अदुवाको मूल्य अहिलेसम्मकै उच्च भएको छ । विगत वर्षहरूमा प्रतिकेजी  २५ देखि ३० रुपैयाँमा पाइने अदुवा यस वर्ष मूल्य बढेर प्रतिकेजी २ सयदेखि २ सय ५० रुपैयाँसम्ममा खरिद–बिक्री भइरहेको छ । किसानले अदुवाको खेती गर्न छोडेपछि आपूर्ति घटेका कारण मूल्य आकासिएको हो । 

यतिसम्म कि खोटाङको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेल बजारमा शनिबार र बुधबार लाग्ने हाटमा अदुवा किन्न उपभोक्ताको तँछाडमछाड नै चल्ने गरेको छ । अदुवालाई तरकारीमा मसलाका रूपमा प्रयोग गर्ने गरिन्छ । आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको खोटाङ जिल्लामा अदुवालाई मसलाको साथै पितृकार्यमा समेत प्रयोग गर्ने गरिएको छ । 

आफूले उत्पादन गरेको अदुवा बिक्री नभएपछि विगत दुई वर्षदेखि खेती नै गर्न छाडिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका अगुवा किसान धर्मराज राईले बताए । जसका कारण मूल्य आकाएियोको उनको भनाइ छ ।