मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ कार्तिक ३० शनिबार ०८:४०:००
Read Time : > 1 मिनेट
सप्तरंग

एकसाथ सात एल्बमसहित १४ वर्ल्ड रेकर्ड

Read Time : > 1 मिनेट
२०७६ कार्तिक ३० शनिबार ०८:४०:००

०७५ साल मंसिरमा एकैसाथ सात गीति एल्बम सार्वजनिक गरेर विश्व रेकर्ड बनाएका सर्जक डा. डिआर उपाध्यायले पुनः  एकसाथ सात एल्बम सार्वजनिक गरेका छन् । रुसी सांस्कृतिक यसै साता वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, वरिष्ठ गायिका ज्ञानु राणा, अभिनेत्री वसुन्धरा भुसाललगायतले उपाध्यायका सात एल्बम सार्वजनिक गरेका हुन् । 

कार्यक्रममा गीतकार उपाध्यायको ‘सपनाकी रानी’ र आठ उपन्यासको संगालोसमेत सार्वजनिक गरिएको थियो ।  सार्वजनिक भएका एल्बममा ‘अन्जान तिर्खा’, ‘सुधारस’, स्वर्गघर, ‘नजरको तीर’, ‘सेभेन्थ कड्स’, ‘सौभाग्यको सिन्दुर’ र ‘अनुभूतिको मझेरीमा’ रहेका छन् । कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई ५१ हजार नगदसहित दोसल्ला र ‘जन्मशताब्दी अभिनन्दन ०७६’ तथा ताम्रपत्र प्रदान गरिएको थियो । कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरे उपस्थित हुने भनिए पनि स्वास्थ्यका कारण आउन नसकेपछि उनलाई निवासमै पुगेर ५१ हजार नगदसहितको ‘शतवार्षिकी अभिनन्दन ०७६’ प्रदान गरिएको थियो । कार्यक्रममा अभिनेत्री वसुन्धरा भुसाल र वरिष्ठ गायिका ज्ञानु राणालाई पनि सम्मान गरिएको थियो । 

यसअघि ०७५ सालमा डा. उपाध्यायले ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक्’ गरी ११ एल्बम सार्वजनिक भएका छन् ।  गीत लेखेर विभिन्न कीर्तिमान कायम गरेका गीतकार उपाध्ययले यस वर्ष पनि आठ वर्ल्ड रेकर्ड कायम गरेका छन् । कार्यक्रममा एभरेस्ट वर्ल्ड रेकर्डका फाउन्डर निर्देशक मथुरा श्रेष्ठले उनलाई आठ वर्ल्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । 

उनले कायम गरेको आठ वर्ल्ड रेकर्डमा २४ फरक गीत १२ मेजर १२ माइनर स्केलमा एउटै एल्बममा, पाँच फरक संगीतकारले संगीत गरेको एउटै गीत, अधिकांश हिन्दू देवी देवताको नाम राखेर बनाइएको गीत, एउटा एल्बममा सबै गीत सेभेन्थ कड्स, सबैलाई स्वस्थ राखाैं भन्ने योगसम्बन्धी गीत, महिला प्रताडनासम्बन्धी गीत जसमा ७१ वर्ष र पाँच वर्षकी गायिकाको स्वर रहेको छ, अत्यधिक हिमाललाई समेटेर पर्यटन वर्ष २०२० लाई लक्षित गीत र १६ महिनामाा १८ एल्बम सार्वजनिक रहेका छन् ।

यसअघि डा. डिआर उपाध्यायले ६ वर्ल्ड रकेड राखेका थिए । अहिले उनको  वर्ल्ड रेकर्डको संख्या १४ पुगेको छ । उनले वर्ल्ड बुक्स अफ अमेरिका, अस्ट्रेलिया, लन्डन, मिराकल वर्ल्ड रेकर्ड, इन्डिया स्टार वर्ल्ड रेकर्ड, एक्सक्लुसिभ वर्ल्ड रकेर्ड, जिनस वर्ल्ड रेकर्ड, एभरेस्ट वर्ल्ड रकेर्डलगायत विभिन्न देशबाट रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन् । कार्यक्रममा सबै रेकर्डको प्रमाणपत्र प्रदर्शन गरिएको थियो ।