मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ कार्तिक ३० शनिबार ०८:३१:००
Read Time : < 1 मिनेट
समाचार

बोस्टन कलेजका ४० विद्यार्थी दीक्षित 

Read Time : < 1 मिनेट
२०७६ कार्तिक ३० शनिबार ०८:३१:००

जिल्लाको भरतपुरस्थित भरतपुर गार्डेन रिसोर्टमा शुक्रबार दिउँसो २ बजे पुग्दा त्यहाँ पञ्चेबाजा घन्किएको थियो । पञ्चेबाजाको अघिल्तिर चारजना किशोरी सुस्त–सुस्त नाच्दै थिए । वाद्यवादकहरू पनि किशोरीहरूको पछाडि–पछाडि बाजा बजाउँदै हिँड्दै थिए ।

होटेलको गेटदेखि देखिएको यो दृश्य निकै रोचक लाग्थ्यो । उनीहरूका पछाडि ४० जना कालो टोपी लगाउनेहरू थिए । सँगै उनीहरूका आफन्त पनि । पञ्चेबाजाको यो दृश्य गार्डेन रिसोर्टको सभाहलसम्म देखियो । 

कुनै विवाहको जस्तो देखिने दृश्य त्यो विवाह नभई भरतपुरको बोस्टन इन्टरनेसनल कलेजले एमबिए अध्ययन पूरा गरेका विद्यार्थीको दीक्षान्त समारोहको थियो । कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले लोप हुँदै गएको संस्कृतिलाई प्रोत्साहन गर्न तथा कलेजबाट बिदा हुँदै जाँदा विद्यार्थीले आफ्नो मौलिकता नभुलून् भन्ने हेतुले समारोहमा केही फरक तरिका अपनाइएको बताए । नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले दीक्षित विद्यार्थीलाई राष्ट्र निर्माण र समाज विकासका लागि जिम्मेवार बन्न आग्रह गरे ।