Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक ३० शनिबार ०६:५१:००
Read Time : < 1 मिनेट
समाचार

उपनिर्वाचन तयारी केन्द्र : तोकिएका २१७ विद्यालय ३ दिन बन्द हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक ३० शनिबार ०६:५१:००

 उपनिर्वाचनका लागि मतदान केन्द्र तोकिएका क्षेत्रका विद्यालयमा तीन दिन बिदा दिने तयारी भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार केन्द्र तोकिएका २ सय १७ विद्यालयलगायत अन्य संस्थामा तीन दिन बिदा दिन स्थानीय तहलाई परिपत्र गरेको छ । 

निर्वाचन आयोगको आग्रहअनुसार मन्त्रालयले दुई सय १७ विद्यालय, १८ गाउँपालिका, ३ स्वास्थ्य चौकी र ९ पार्टी, धर्मशाला, खेलकुद भवनलगायत मतदान केन्द्र तोकिएको ठाउँमा बिदा दिन भनेको हो । प्रतिनिधिसभा सदस्य, प्रदेश सभा सदस्य तथा स्थानीय तहका रिक्त सदस्य पदका लागि १४ मंसिरमा उपनिर्वाचन हुँदै छ । प्रतिनिधि सभा १, प्रदेश सभा ३ र स्थानीय तहमा ४६ गरी ५० ठाउँमा उपनिर्वाचन हुन लागेको हो । 

उपनिर्वाचन कार्यक्रमअनुसार ११ मंसिरमा राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ । मतदान व्यवस्थापनका लागि खटिने कर्मचारीहरू सोही दिन बेलुकासम्म सम्बन्धित मतदान केन्द्रमा पुगी सक्नेछन् । १२ गतेदेखि नै सर्वदलीय बैठक राख्ने, मतदान केन्द्रको क्षेत्र तोक्ने, प्रचारप्रसार निषेध गर्ने, हातहतियार निषेध गर्ने, मतदाता परिचयपत्र वितरण गर्नेलगायतका काम गर्न बिदा दिनुपर्ने अवस्था रहेको आयोगले जनाएको छ ।