मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक ३० शनिबार ०६:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रधानमन्त्रीको सचिवालयबाट एकैपटक ६ जनाको बहिर्गमन

मुख्य सल्लाहकारमा रिमालको निरन्तरता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक ३० शनिबार ०६:४२:००

प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा विष्णु रिमालले निरन्तरता पाएका छन् । सल्लाहकार र सचिवालय समूहबाट राजीनामा दिएका १३ जनामध्ये मुख्य सल्लाहकार रिमालसहित सातजनाले निरन्तरता पाएका छन् । ६ जनाको राजीनामा भने प्रधानमन्त्री केपी ओलीले स्वीकृत गरेका छन् ।

सल्लाहकार समूहबाट प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली र विकासविज्ञ घनश्याम भट्टराईको राजीनामा स्वीकृत भएको छ । त्यस्तै, प्रेस संयोजक चेतन अधिकारी, फोटोग्राफर कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेलको पनि राजीनामा स्वीकृत भएको छ ।

२२ कात्तिकमा बसेको सल्लाहकार र सचिवालयको संयुक्त बैठकमा रिमालले प्रधानमन्त्रीको सहयोगका लागि भन्दै सबैको राजीनामा मागेका थिए । उनीहरूले मुख्य सल्लाहकारमार्फत प्रधानमन्त्री ओलीलाई राजीनामा बुझाएका थिए । 

परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, सूचना प्रविधिविज्ञ अस्गर अली, सूचना सम्प्रेषक रामशरण बजगाईं, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी, सहस्वकीय सचिव होम थापा र उपस्वकीय सचिव दीपेन्द्र दाहालले भने निरन्तरता पाएका छन् । स्वकीय सचिव राजेश बज्रचार्यले भने राजीनामा दिएका थिएनन् ।