मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ पौष १ आइतबार १५:१५:००
Read Time : < 1 मिनेट
समाचार

सरकार विरुद्ध आन्दोलनमा आउन किरातीको आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष १ आइतबार १५:१५:००

गोपाल किराती नेतृत्वको नेकपा माओवादी केन्द्र० सरकार विरुद्ध आन्दोलनमा होमिने भएको छ । 

पार्टीको हालै सम्पन्न केन्द्रीय सचिवालय बैठकले सरकारले धर्म निरपेक्ष राष्ट्रलाई कमजोर बनाएको, मुलुकलाई परनिर्भरताको बाटोमा झनै धकेलेको आरोप लगाउँदै सरकारविरुद्ध आन्दोलनमा होमिन सबैलाई आह्वान गरेको हो । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बैठकका निर्णयहरु सार्वजनिक गर्दै पार्टीका अध्यक्ष किरातीले धर्म निरपेक्ष गणतन्त्रलाई कमजोर बनाउने काम सरकारले गरेकाले त्यसका विरुद्ध आन्दोलन गर्ने बताए । उनले राष्ट्रिय स्वाधिनता र आत्मनिर्भरताका साथ मुलुकलाई अघि बढाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरे । 

पार्टीले आगामी फागुन १ गते जनयुद्ध दिवसको अवसर पारेर महाधिवेशन गर्ने तयारी गरेको छ । अध्यक्ष किरातीले महाधिवेशनको तयारीका लागि यही ११ पुसबाट २५ सम्म सबै प्रदेशको अधिवेशन सम्पन्न गरिने बताए ।