१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २९ शुक्रबार १४:१३:००
Read Time : < 1 मिनेट
समाचार

सुखद भविष्यका लागि सामाजिक सुरक्षा योजना : मन्त्री विष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २९ शुक्रबार १४:१३:००

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले सामाजिक सुरक्षा योजना मार्फत हरेक नागरिकको जीवन सुःखमय बनाउन चाहेको बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित ‘सामाजिक सुरक्षा योजना कार्यान्वयन’ विषयक अभिमुखिकरण कार्यक्रममा उनले हरेक नागरिकको सुःखद भविष्यको चाहनालाई पूरा गर्ने गरी आएको योजनामा सबैको सहभागिता अनिवार्य रहेको स्पष्ट पारे । त्यस अवसरमा उनले सरकारले कार्यान्वयनमा ल्याएको सामाजिक सुरक्षा योजनाले सबै जनताको जीवनमा सुःखको अनुभूति गराउने बताए । चाहे बुढेसकाल होस् वा दुःख परेका बेला सामाजिक सुरक्षा योजनामा समावेश भएका नागरिकलाई सरकारले पेन्सनमार्फत् सहायता दिने उनले बताए । 

मन्त्री विष्टले नागरिकको सुरक्षित भविष्यका लागि सरकारले सबै नागरिकलाई पेन्सनको व्यवस्था हुने गरी सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको उल्लेख गरे ।