Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
केशव गुरुङ गोरखा
२०७६ कार्तिक २९ शुक्रबार ११:२३:००
Read Time : < 1 मिनेट
प्रदेश

८७ वर्षमा पनि भकारी बुनेरै घरखर्चको जोहो

Read Time : < 1 मिनेट
केशव गुरुङ गोरखा
२०७६ कार्तिक २९ शुक्रबार ११:२३:००

सेताम्मे फुलेको कपाल । चाउरिएको अनुहार हेर्दा उनलाई बुढेसकालले छोइसकेको प्रस्ट हुन्छ । तर, धार्चे गाउँपालिका–४ लाप्राकका ८७ वर्षे बासिन्द्र गुरुङमा जोसजाँगर भने जवानीकै छ । 

उनी बिहान सबेरैदेखि निगालोको चोया लिएर भकारी बुन्न थल्छन् । यो क्रम दिनभर नै रहन्छ । भकारी बुनेर हुने आम्दानीबाट उनी सन्तुष्ट पनि छन् । उनले भने, ‘भकारी बेचेर राम्रै आम्दानी हुन्छ, यही काम गरेर घरखर्च चल्दै आएको छ ।’ 

महिनामा २० वटासम्म भकारी बुन्ने गरेको उनी बताउँछन् । ‘पहिले त दिनमा एउटा भकारी बनाउँथे तर अहिले दुई दिनमा एउटा भकारी तयार गछ्र्रु,’ उनले भने । तयार भएका भकारी बेच्न कुनै समस्या नभएको उनले बताए । ‘गाउँसम्म मोटर नआउँदा ६–७ दिन लगाएर भकारी बेच्न जानुपथ्र्याे, अहिले गाउँमै मोटर आएको छ, बिक्री गर्न कहीँ जानुपर्दैन,’ उनले भने ।

एउटा भकारी पाँच सय रुपैयाँमा बिक्री हुने उनले जानकारी दिए । भकारी बुन्न प्रयोग हुने निगालो स्थानीय जंगलमै पाइन्छ । ‘२–३ दिन जंगलमा बास बसेर निगालको चोया बनाएर ल्याउँछाँै, त्यसले एक महिना पुग्छ,’ उनले भने । उनी मात्रै होइन, लाप्राकका अधिकांश बासिन्दा भकारी बुनेर राम्रो आम्दानी गरिरहेका छन् । अन्य पेसामा लागेका पनि फुर्सदमा भकारी बुन्ने गुरुङको भनाइ छ ।