मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक २९ शुक्रबार ०९:४०:००
Read Time : < 1 मिनेट
प्रदेश

राप्रपा (संयुक्त)ले थाल्यो हिन्दूराष्ट्र अभियान

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २९ शुक्रबार ०९:४०:००

हिन्दूराष्ट्रको माग गर्दै राप्रपा संयुक्तले जनकपुरबाट जागरण अभियान सुरु गरेको छ । सबै धर्मबीच समानता र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्मसापेक्ष हिन्दूराष्ट्रको माग गर्दै पार्टीले बिहीबार स्थानीय जानकी मन्दिरबाट धार्मिक जागरण अभियान सुरु गरेको हो ।

अभियानमा राप्रपा (संयुक्त)का नेताहरू पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी, अभिनेत्री एवं राप्रपा (संयुक्त)की नेत्री रेखा थापालगायत सहभागी थिए । जागरण अभियानको शुभारम्भ गर्दै पार्टीका अध्यक्ष राणाले विगतमा विश्वमै एक मात्र हिन्दूराष्ट्र नेपाल रहेकाले पुनः सो कायम हुनुपर्ने बताए ।

हिन्दूराष्ट्र कायम नभएसम्म चरणबद्ध संघर्ष गर्ने उनको भनाइ थियो । ‘सनातन सर्वधर्मसापेक्ष हिन्दूराष्ट्र कायम गर’ भन्ने मूल नारासहित जानकी बुद्ध रथयात्राको सुरुवात गर्दै अध्यक्ष राणाले धर्म र संस्कृतिमाथि प्रहार गरी नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको आरोप लगाए । उनले भने, ‘नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्नुबाहेकको विकल्प छैन ।’ नेपाल हिन्दूराष्ट्र भएमा भारत र चीनसमेतले स्वागत गर्ने अध्यक्ष राणाले दाबी गरे । 

त्यस्तै, अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले संविधानतः नेपाललाई हिन्दूराष्ट्र स्थापना गर्नुपर्ने भएकाले त्यसका लागि चरणबद्ध अभियान थालेको जनाए । विभिन्न शक्ति, कांग्रेस र नेकपाको षड्यन्त्रले गर्दा हिन्दूराष्ट्र गुमाउनुपरेको उनको भनाइ थियो ।