मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ कार्तिक २९ शुक्रबार ०९:४२:००
Read Time : < 1 मिनेट
प्रदेश

बाँकेको तीन स्थानीय तह सडक मानवमुक्त घोषित

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २९ शुक्रबार ०९:४२:००

बाँकेको तीनवटा स्थानीय तहलाई सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गरिएको छ । खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकालाई अभिभावकविहीन, असहाय, सहयोगापेक्षी मानवमुक्त स्थानीय तह घोषणा गरिएको हो । खजुरा र कोहलपुरपछि बिहीबार नेपालगन्जलाई यस्तो घोषणा गरिएको हो ।

खजुरा गाउँपालिका सडक मानवमुक्त बाँकेको पहिलो स्थानीय तह भएको हो । नेपालगन्जलाई प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बिहीबार सडक मानवमुक्त पहिलो उपमहानगर घोषणा गरेका छन् । कार्यक्रममा मन्त्री बरालले अब कुनै पनि नागरिक अभिभावकविहीन भएर सडकमा बाच्न नपर्ने बताए । ‘अब अभिभावकविहीन अभिभावकको भूमिका राज्यले निर्वाह गर्छ,’ उनले भने, ‘अभिभावकविहीन अब बाच्नका लागि सडकमा मागेर हिँड्नुपर्दैन ।’

तीन वर्षमा अभियान पूरा
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले ०७३ सालदेखि नेपालगन्जलाई सहयोगापेक्षी, सडक मानवमुक्त उपमहानगरपालिका बनाउने योजना बनाएर काम गरिएको बताइन् । ‘अब असहाय व्यक्तिको उद्धार, औषधोपचार, पालनपोषण, खाना, नाना, छानासँगै बालबालिकाको अध्ययन अध्यापनसमेत सरकारले सहयोग गर्नेछ,’ थापामगरले भनिन् । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।