मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक २९ शुक्रबार ०६:२०:००
Read Time : < 1 मिनेट
अर्थ

आप्रवासी कामदारको पक्षमा २१बुँदे घोषणापत्र 

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २९ शुक्रबार ०६:२०:००

आप्रवासी कामदारको अधिकार संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले २१बुँदे घोषणापत्र र १०बुँदे कार्ययोजना पारित गरेको छ । तीनदिने सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै बिहीबार सकिएको हो । 

घोषणापत्रमा विभेद र हिंसा, मानव बेचबिखन, शारीरिक, मानसिक  र यौन हिंसा, न्यूनतम पारिश्रमिक नदिनुजस्ता समस्या समाधान गर्ने उल्लेख छ । आप्रवासी महिला श्रमिकको अधिकार सुरक्षित गर्न उत्पति मुलुक (स्वदेश) र  रोजगार दिने मुलुकबीचको सहकार्यमा उजुरीको सम्बोधन गर्ने संयन्त्र निर्माण गर्ने, दुवै पक्ष (रोजगारी दिने मुलक र रोजगारीमा पठाउने मुलुक) ले अन्तर्राष्ट्रिय सर्वमान्य सिद्धन्तहरूको आधारमा श्रमिकको सम्झौता संशोधन गर्ने वा नयाँ सम्झौता गर्नुपर्नेमा जोड दिइएको छ । 

आप्रवासी कामदारहरूको अधिकार, आइएलओ कन्भेन्सन, देशको कानुनलगायतका सर्वमान्य सिद्धान्त लागू गराउन घोषणापत्र र कार्ययोजना महत्वपूर्ण हुने सम्मेलन आयोजक राष्ट्रिय मानवअधिकार आयोगका आयुक्त सुदीप पाठकले जानकारी दिए । 

सम्मेलनले  घोषणापत्र कार्यान्वयन गर्ने पद्धति विकासको आवश्यकता महसुस गरेको आयोगले जानकारी दिएको छ । ‘पद्धति विकासका लागि कार्ययोजना बनाइएको छ,’ पाठकले भने, ‘आगामी दिनमा आप्रवासी श्रमिकको समस्या समाधान हुने विश्वास छ ।’