मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७६ कार्तिक २९ शुक्रबार ०८:०९:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

नियमित अभ्यास र सन्तुलित भोजन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७६ कार्तिक २९ शुक्रबार ०८:०९:००

मेरो फिटनेस 

राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल ३० वर्षका भए । बढ्दो उमेरमा पनि उनले आफ्नो फिटनेस मेन्टेन गरेका छन् र अन्तर्राष्ट्रिय प्रतियोगितामा निरन्तर राम्रो प्रदर्शन गरिरहेका छन् । दायाँहाते ब्याट्सम्यान ज्ञानेन्द्र नियमित अभ्यास र सन्तुलित भोजन नै आफ्नो फिटनेसको प्रमुख रहस्य रहेको बताउँछन् । 

ज्ञानेन्द्र मल्ल कप्तान राष्ट्रिय टोली

क्रिकेटका लागि अभ्यास
क्रिकेट खेलाडीले नियमित अभ्यास गर्नुपर्छ । यसले शारिरीक रूपमा फिट रहन मद्दत गर्छ । म खेलको अभ्यासका क्रममा र कुनै प्रतियोगिता नभएका वेला पनि अभ्यास गरिरहन्छु । कुन समयमा कति अभ्यास गर्ने भन्ने पूर्वनिर्धारित हुँदैन, तर समय मिलाएर नियमित क्रिकेट खेल्छु । यसले खेलमा सुधार ल्याउनुका साथै स्वस्थ रहन मद्दत गरेको छ । 

सन्तुलित भोजन
मेरो खानामा सामान्य खाना, हरियो सागपात, मासु, फलफूल बढी समावेश हुन्छ । खेलको अभ्यासका दौरान डाइटमा अझ विशेष ध्यान दिनुपर्ने हुन्छ । खेलको समयमा हलुका खाना खाइन्छ । बिहानको समयमा अन्डा, ससेज, रोटीहरू खान्छु । डिनरमा सकेसम्म भात समावेश हुँदैन । 

फुर्सदको समयमा फुटसल जान रुचाउँछु । यसलाई मनोरञ्जनको रूपमा लिने गरेको छु, तर यसले पनि शारीरिक र मानसिक रूपमा फिट रहन मद्दत गरेको छ । साथीभाइसँग मिलेर फुटसल खेल्न जाँदा फिट पनि भइन्छ र मनोरञ्जन पनि मिल्छ । 

सफ्ट ड्रिंक्स लिन्न 
पछिल्लो समय कोल्डड्रिंक्सबाट टाढा रहने अठोट गरेको छु । चिनी र चिनीजन्य खाद्यवस्तु सकेसम्म खादिनँ । खेलको क्रममा कहिलेकाहीँ  इनर्जीका लागि अन्य गुलियो पदार्थ भने लिन्छु ।  तर, चिनी र सफ्ट ड्रिंक्सबाट टाढा छु । 
जिम
समय–समयमा जिम जाने गरेको छु । खासगरी मांसपेसी बलियो बनाउन र बडी सेपमा ल्याउनका लागि यो महŒवपूर्ण छ । यसबाहेक रनिङ पनि गर्छु । खेलको अभ्यास वा अन्य समयमा पनि रनिङ गर्ने गर्छु । 
फुटसल खेल्छु 
क्रिकेटबाहेक फुर्सदको समयमा फुटसल जान रुचाउँछु । यसलाई व्यायामभन्दा पनि मनोरञ्जनको रूपमा लिने गरेको छु, तर यसले पनि शारीरिक र मानसिक रूपमा फिट रहन मद्दत गरेको छ । साथीभाइसँग मिलेर फुटसल खेल्न जाँदा फिट पनि भइहन्छ र मनोरञ्जन पनि मिल्छ ।