मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक २९ शुक्रबार ०७:३३:००
Read Time : < 1 मिनेट
अर्थ

दराजको सेलडे ११.११ मा डेढ लाखभन्दा बढी सामान बिक्री 

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २९ शुक्रबार ०७:३३:००

अनलाइन सपिङ साइट दराजले सञ्चालन गरेको एकदिने सेलका क्रममा नेपालमा १ लाख ५० हजारभन्दा बढी सामान बिक्री गरेको जनाएको छ । नेपालमा दोस्रोपटक आयोजना भएको ११.११ सेलका क्रममा यसअघिको रेकर्ड तोडिएको दराजको दाबी छ । 

यसपालिको ११.११ सेलमा नेपालभर २४ भन्दा बढी सहरबाट अर्डर आएको दराजले बताएको छ । त्यसक्रममा दराज एप र वेबसाइटमा साढे तीन लाखभन्दा बढी प्रयोगकर्ता सहभागी भए । 

सेल डेका अवसरमा उपभोक्ताले तीन हजारभन्दा बढी विक्रेताबाट ५० हजारभन्दा बढी सामान खरिद गरेको बताइएको छ । यसपालि साओमी, सामसङ, एलजी, आडिडास, टाइटन, टिभिएस, सोनाम गियर्स, जे फिसरलगायतका ब्रान्डका सामान सबैभन्दा बढी बिक्री भएका छन् ।