मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस
२०७५ पौष २७ शुक्रबार १३:०५:००
Read Time : < 1 मिनेट
समाचार

प्रधानसेनापति थापा भारत प्रस्थान

Read Time : < 1 मिनेट
रासस
२०७५ पौष २७ शुक्रबार १३:०५:००

प्रधानसेनापति पूर्णचन्द्र थापा ६ दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन् । 

प्रधानसेनापति पदमा नियुक्ति भएपछि उनी पहिलोपटक आफ्ना भारतीय समकक्षी स्थलसेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा शुक्रबार बिहान भारत प्रस्थान गरेका हुन् । 

प्रधानसेनापति थापाको भ्रमणदलमा श्रीमती दीपा थापा, सैनिक इण्टिलिजेन्स महानिर्देशक उपरथी झङ्करबहादुर कडायत लगायत सातजना गएका छन् ।  

भ्रमणका क्रममा प्रधानसेनापति थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थलसेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिह्नबाट शनिबार सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

दुवै देशका सेना प्रमुखलाई कदरस्वरूप मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहिआएको छ । प्रधानसेनापति थापाले भारतीय रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकारलगायत उच्चपदस्थ पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । साथै उनले आफ्ना भारतीय समकक्षी स्थलसेनाध्यक्ष जनरल रावतसँग पनि द्विपक्षीय भेटघाट गर्नेछन् ।