१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ कार्तिक २९ शुक्रबार ०८:०६:००
Read Time : < 1 मिनेट
खेलकुद

सागका लागि पुरुष र महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २९ शुक्रबार ०८:०६:००

सागका लागि पुरुष र महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको छ । प्रशिक्षणमा बोलाइएका ३५ खेलाडीबाटै सागका लागि अन्तिम १५ खेलाडी छनोट गरिएको हो । गत साता एमसिसीविरुद्ध टी–२० को कप्तानी गरेका रोहितकुमार पौडेल र भीम सार्की यसपटक सागको टोलीमा वैकल्पिक खेलाडीका रूपमा छानिएका छन् । 

सागको टोलीमा राष्ट्रिय टोलीका नियमित खेलाडी शरद भेषवाकर र वसन्त रेग्मीले स्थान बनाउन सकेनन् । यसैगरी, महिलातर्फ घोषित टोलीको कप्तानी रुविना क्षेत्रीले गर्नेछिन् । सीता रानामगर उपकप्तान र विकेटकिपरमा काजल श्रेष्ठ रहेका छन् । खेलाडीको राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रदर्शन, अनुशासन, फिटनेस तथा व्यक्तिगत आचरणका आधारमा छनोट गरिएको मुख्य प्रशिक्षक जगत टमाटाले जनाएका छन् । टोलीमा ज्योति पाण्डे, संगीता राई र अस्मिता कर्माचार्य वैकल्पिक खेलाडीका रूपमा छन् ।