मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७६ कार्तिक २९ शुक्रबार ०८:१४:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

लो ब्लडप्रेसर कारण र समाधान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ कार्तिक २९ शुक्रबार ०८:१४:००

स्वस्थ शरीरको रक्तचाप १२०/८०  हुन्छ । तर, योभन्दा कम भएमा शरीरमा ब्लड प्रेसर लो (रक्तचाप कम) भएको मानिन्छ । रक्तचाप कम हुनुका विभिन्न कारण हुन्छन् । 


कारण

  •  शरीरमा रगतको मात्रा कम हुनु, खानामा भिटामिन बी, फोलिक एसिडको कमी हुनु ।
  •  मुटुमा आउने विभिन्न समस्या, हर्मोनमा आउने असन्तुलन आदि पनि रक्तचाप कम हुनुका मुख्य लक्षण हुन् । 

लक्षण

  •  ब्लड प्रेसर लो हुँदा शरीर कमजोर भएको महसुस हुने, हेर्दै बिरामीजस्तो देखिने, जुरुक्क उठ्दा रिंगटा लाग्ने, बान्ता आउने आदि लक्षण देखा पर्छन् । 
  •  रक्तचाप धेरै नै कम भएमा हिँड्दा–हिँड्दै ढल्ने र बेहोस हुनेजस्ता गम्भीर समस्या देखा पर्छन् । तसर्थ, रक्तचाप कम भएमा समयमै यसको समाधानतिर लाग्न जरुरी छ ।

समाधान   

  •  सामान्यभन्दा बढी नुनिलो खानेकुरा खानुहोस् । नुनमा पाइने सोडियम तत्वले रक्तचाप बढाउँछ । तर, अत्यधिक नुन सेवन गर्न भने हँुदैन । 
  •  अदुवा, कागती र नुन मिसाएर बनाइएको मिश्रण दैनिक सेवन गरेर रक्तचाप बढाउन सकिन्छ । 
  •  नियमित गाँजर खाँदा पनि रक्तचाप बढ्छ । त्यस्तै, खजुरको सेवनले समेत रक्तचाप नियन्त्रण हुन्छ ।
  •  अनारको नियमित सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक छ । यसले कम रक्तचापको समस्या न्यूनीकरण गर्न सहयोग गर्छ । त्यस्तै, स्याउ, केरा, खरबुजा आदिजस्ता फलफूल खाँदा रक्तचाप लो हुनबाट बच्न सकिन्छ ।
  •  कफी, हट चकलेट र क्याफाइनजस्ता तत्व पाइने वस्तु खाएर रक्तचाप सन्तुलनमा ल्याउन सकिन्छ । 
  •  तुलसीको पात पनि रक्तचापका लागि उपयोगी छ । यसमा पाइने भिटामिन सी, एसिड र पोटासियम तत्वका कारण रक्तचाप नियन्त्रण गर्न मद्दत पुग्छ ।