मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
केशव गुरुङ गोरखा
२०७६ कार्तिक २८ बिहीबार १९:५४:००
Read Time : < 1 मिनेट
समाचार

सवारी दुर्घटनामा चार घाइते 

Read Time : < 1 मिनेट
केशव गुरुङ गोरखा
२०७६ कार्तिक २८ बिहीबार १९:५४:००

गोरखा नगरपालिका-११ स्थित १५ किलोमा एम्बुलेन्स र मोटरसाइकल ठोकिँदा चार जना घाइते भएका छन् ।

बिहीबार साँझ आबुखैरैनीबाट गोरखा सदरमुकाम आउँदै गरेको ग १ च ९८८५ नम्बरको एम्बुलेन्स र विपरीत दिशातर्पm गइरहेको बा ७६ प ६९११ र बा ६७ प ८७९३ नम्बरको मोटरसाइकलसँग एक आपसमा ठोकिँदा मोटरसाइकलमा सवार चार जना घाइते भएको ट्राफिक प्रहरी टिका शर्माले बताए ।

पालुङटार नगरपालिका–१ खोप्लाङका इन्द्रकुमार श्रेष्ठ, राजकुमार श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ र शुसिल श्रेष्ठ घाइते भएको शर्माले जानकारी दिए ।

घाइते मध्ये राजेन्द्र र राजकुमारको टाउकोमा चोट लागेकाले उनीहरुलाई चितवन मेडिकल कलेजमा लगिएको शर्माले बताए । घटनालत्तै एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।