१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ कार्तिक २८ बिहीबार १०:४७:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

मधुमेहका बिरामीले के खाने, के नखाने ?

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २८ बिहीबार १०:४७:००

हरेक वर्ष नोभेम्बर १४ मा विश्व मधुमेह दिवस मनाइन्छ । मधुमेह अहिले विश्वका धेरैजसो देशमा आमसमस्या बनिसकेको छ । मधुमेहका बिरामीले सामान्य जीवन व्यतीत गर्नका लागि स्वास्थ्यवद्र्धक खाना, नियमित शारीरिक व्यायाम, समय–समयमा रगत परीक्षण र इन्सुलिन लिन जरुरी छ । 

हरेक वर्ष नोभेम्बर १४ मा विश्व मधुमेह दिवस मनाइन्छ । मधुमेह अहिले विश्वका धेरैजसो देशमा आमसमस्या बनिसकेको छ । मधुमेहका बिरामीले सामान्य जीवन व्यतीत गर्नका लागि स्वास्थ्यवद्र्धक खाना, नियमित शारीरिक व्यायाम, समय–समयमा रगत परीक्षण र इन्सुलिन लिन जरुरी छ । 

  •  हाम्रो शरीरमा हुने विभिन्न रसायनिक प्रतिक्रियाका कारण रगतमा चिनीको मात्रा बढ्छ । फलस्वरूप स्वास्थ्यमा समस्या देखिन्छ, जसलाई चिनीरोग अर्थात् मधुमेह भनिन्छ । प्यांक्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेमा वा उत्पादन भएको इन्सुलिनप्रति शरीरका कोषले राम्रोसँग प्रतिक्रिया जनाउन नसकेमा यस्तो समस्या देखिन्छ ।
  •  मधुमेह भएमा अत्यधिक भोक र तिर्खा लाग्ने, तौल घट्ने, छिटो–छिटो पिसाब लाग्ने, थकान महसुस हुने, कमजोरी देखापर्ने हुन्छ । मधुमेहका बिरामीले सहज जीवनयापन गर्न खानपानमा विशेष ध्यान पु-याउनुपर्छ ।  
  •  कार्बोहाइडेट र चिल्लो कम भएका खानेकुरा खानुपर्छ । मौसमी फलफूल र सागसब्जी खान सकिन्छ ।
  •  चिनी, ग्लुकोजलगायत चिनिजन्य पदार्थबाहेक आफूले दैनिक उपभोग गर्दै आएका खानेकुरा आवश्यक परिमाणमा खान सकिन्छ । 
  •  रगतमा हुने ग्लुकोजको मात्रामा हुने परिवर्तनले समस्या गर्छ । तसर्थ ग्लुकोजको मात्रा ठीक कायम राख्न खाना र खाजा समयमा खानुपर्छ । 
  •  माछा, मासु, दूधजन्य खानेकुरा, फाइबरयुक्त खानेकुरा खान सकिन्छ । 
  •  दूषित पानी पिउनबाट टाढा रहनुपर्छ । उमालेको वा फिल्टर गरेर मात्र पानी पिउनुपर्छ । 
  •  फास्टफुड, तारेका खानेकुरा, कोल्डड्रिंक्स, अधिक मसलायुक्त खानेकुरा खानुहुँदैन ।