१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मार्क रो
२०७६ कार्तिक २८ बिहीबार १०:४२:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

व्यवसाय सञ्चालनको तरिका बदल्न  अमेरिकी सिइओहरू सहमत

Read Time : > 3 मिनेट
मार्क रो
२०७६ कार्तिक २८ बिहीबार १०:४२:००

विश्व अर्थतन्त्र

गत अगस्ट महिनामा अमेरिकाका प्रायः सबै ठूला कम्पनीका (जसको वार्षिक आम्दानी जोड्दा ७ हजार अर्ब डलरभन्दा बढी पुग्छ) प्रमुख कार्यकारी अधिकृत ‘सिइओ’ सहभागी ‘बिजनेस राउन्ड टेबल’ले कर्पाेरेट जगत्मा प्रचलित व्यवसायसम्बन्धी एउटा मूलभूत मान्यतालाई अद्यावधिक गरेको थियो । सो राउन्ड टेबलका सिइओ, व्यावसायिक फर्म सेयरधनीप्रति मात्र नभई आफ्ना ग्राहक, कर्मचारी, आपूर्तिकर्ता, समुदाय एवं वातावरणलगायत सबैखाले सरोकारवालाप्रति प्रतिबद्ध हुनुपर्ने निष्कर्षमा पुगेका छन् । वास्तवमा सिइओले अहिले निर्धारण गरेको सो नयाँ सूचीक्रममा सेयरधनी अन्तिममा अटाएका छन्, अन्य सरोकारवालालाई अघिल्ला क्रमांशमा राखेर । साथै, व्यवसायलाई सेयर होल्डर सुप्रिमेसीबाट मुक्त गर्ने प्रस्तावना रहेको सो वक्तव्यका मुख्य मस्यौदाकारले आफूले अमेरिकी स्वतन्त्रताको घोषणा (डिक्लिरेसन अफ इन्डिपेन्डेन्स)का मस्यौदाकार थोमस जेफर्सन नै भए कि भन्ने महसुस भएको टिप्पणी पनि गरेका छन् ।

मार्क रो

गत अगस्टको सो घोषणाले मुख्यतः तीनखाले प्रतिक्रिया सिर्जना गरेको छ । पहिलो एकथरी केही उदार टिप्पणीकारले अमेरिकी व्यवसायका नेताहरूले अन्ततः सही सन्देश प्रवाह गरेको भनेर त्यसको प्रशंसा गरेका छन् । यसमा निहित उद्देश्यको आलोचना नगरे पनि उनीहरूले सो वक्तव्यमा सरोकारवालाले कसरी सिइओलाई प्रत्यक्ष रूपले जवाफदेही बनाउन सक्छन् भन्ने बताउन नसकेको भन्दै आलोचना पनि गरेका छन् । अलि शंकालु आलोचकले चाहिँ अघिल्लो बिजनेस राउन्ड टेबलका घोषणापत्रभन्दा यसपटकको घोषणा केही भिन्न भएको टिप्पणी गरे । उनीहरूका अनुसार सञ्चालक समिति र कार्यकारी सञ्चालकलाई कम्पनीका मालिकबाहेक अन्य विभिन्न सरोकारवालाको चासोमा सन्तुलन मिलाउन केही स्वविवेकीय अधिकार चाहिन्छ । उनीहरूका लागि यो घोषणा आफ्ना कम्पनी चलाउन अनुकूल हुने गरी सिइओ र सञ्चालक समितिको स्वविवेक र शक्तिलाई फरक ढंगले गरिएको वक्तव्यबाजीबाहेक अरू नयाँ केही होइन । 

तेस्रोखाले प्रतिक्रिया यथार्थवादी व्यवसायीबाट आएका छन् । सफल कम्पनीले आफ्ना ग्राहक, कर्मचारी, आपूर्तिकर्ता एवं समुदायका धारणा अधिकार र भावनालाई पूरै बेवास्ता गर्न नसक्ने उनीहरूको भनाइ रहेको छ । भुक्तानी नहुने डर भयो भने आपूर्तिकर्ताले सामान पु¥याउन हतार गर्दैनन्, कर्मचारी खुसी नभए गुणस्तरीय सामान उत्पादन गरिदिँदैनन् । ग्राहक रिसाए सामान अन्तै किन्न जान्छन् । त्यसैले सेयरधनीका मूल्य–मान्यताप्रति खासै सरोकार नहुने कम्पनीले समेत सरोकारवालाको विश्वास प्राप्त गर्नु आवश्यक हुने र उनीहरू नभड्कून् भन्नेमा सचेत रहनुपर्ने हुन्छ । यी अवधारणाका सन्दर्भमा थुपै्र कुरा छन् । बिजनेस राउन्ड टेबलले बोल्न आवश्यक भइसक्यो भन्ने महसुस गर्नुका पछाडि दुई महत्वपूर्ण कुराले काम गरेको छ ।

पहिलो, सक्रिय सेयरधनीले अमेरिकाका ठूला कम्पनीका सञ्चालक समिति र वरिष्ठ कार्यकारीको जीवन असहज बनाइराखेका छन् । तसर्थ, बिजनेस राउन्ड टेबलको वक्तव्य सिइओलाई सेयरधनीले थप स्वायत्तता दिऊन् भन्ने बिन्तीका रूपमा आएको छ । फलस्वरूप यस वक्तव्य सक्रिय लगानीकर्ताको प्रभावबाट सिइओ र सञ्चालक समितिलाई मुक्त गर्ने ‘स्वतन्त्रताको घोषणा’ बन्न पुगेको छ । यसर्थ, यसलाई अमेरिकाका कर्पाेरेट नेतृत्वका सक्रिय सेयरधनीविरुद्धको गठबन्धनका रूपमा अथ्र्याइएको छ । साथै, उनीहरूलाई सहयोग गर्ने नैतिक आधार खोजिरहेका कर्मचारी, ग्राहक र अन्यलाई आफ्नो (सिइओ)को पक्षमा पार्ने प्रयासका रूपमा पनि हेरिएको छ । यद्यपि, यस वक्तव्यले सञ्चालक समिति र कार्यकारीलाई सेयरधनीको प्रभावबाट मुक्त गरेर अमेरिकाका कर्पाेरेट क्षेत्रलाई कर्मचारी, वातावरण तथा समुदायप्रति उचित र राम्रो व्यवहार गर्न प्रोत्साहित गरेको छ ।

दोस्रो, राजनीतिको धार र जनधारणा दुवै कर्पाेरेट जगत्तर्फ सर्दै जानु । त्यसैले, यो वक्तव्य यसमा सन्तुलन मिलाउने प्रयास पनि हो । सन् २०२० को राष्ट्रपतीय चुनावका डेमोक्र्याटिक पार्टीका दुई प्रमुख प्रत्याशी उम्मेदवार, सिनेटर बर्नी स्यान्डर्स र एलिजावेथ वारेनले ठूला कम्पनी सञ्चालनको तरिकामा ठूलो परिवर्तनको आग्रह गरेका छन् । उदाहरणका लागि वारेनले सञ्चालक समितिमा कर्मचारीको प्रतिनिधित्व होस् भन्ने चाहनु र अमेरिकाका ठूला कम्पनी टुक्र्याउने पक्षमा रहनुलाई नै लिन सकिन्छ । साथै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अप्रत्याशित कदम पनि छन् । अमेरिकाका सबैजसो कार्यकारी तह सम्भ्रान्त वर्गले ओगटेका कारण अहिले ट्रम्प कर्पाेरेट क्षेत्रमा सम्भ्रान्तविरोधी पपुलिजम उचाल्दै छन् ।

बिजनेस राउन्ड टेबलले ठूला व्यवसायलाई पपुलिस्टको तारो बन्नबाट जोगाउन ‘कर्पाेरेट पर्पाेज’सम्बन्धी आफ्नो वक्तव्यलाई सुधार गरेको छ । सत्य कुरा के हो भने अमेरिकाका शक्तिशाली सिइओले अमेरिकी कम्पनीको लक्ष्यसम्बन्धी दृष्टिकोणलाई थप सान्दर्भिक बनाउन आवश्यक छ भनिसकेको परिप्रेक्ष्यमा वारेन र स्यान्डर्सले व्यावसायिक कम्पनीसम्बन्धी आफ्ना धारणा परिवर्तन गर्न पक्कै चाहने छैनन् । त्यसैगरी, जनमानसको दृष्टिकोणमा बदलाव आइसकेकाले त्यसमा राउन्ड टेबलको चासो रहनुपथ्र्याे नै । अहिले कर्पाेरेटविरोधी अवधारणा मडारिरहेका छन् । राजनीतिज्ञ जे भन्दै छन्, त्यो उनीहरूको मौलिक धारणा हुँदै होइन । राजनीतिक नेताले जसरी सोच्नुले यो अवधारणा अब कायम रहनेवाला छ । तर, यस कार्यसूचीलाई पछ्याउने कुनै पनि राजनीतिज्ञलाई ठूला कम्पनीलक्षित आफ्ना नीति कार्यान्वयन गर्न सहयोगीको आवश्यकता पर्नेछ । यदि कुनै पनि सम्भावित सहयोगी ‘कर्पाेरेट अमेरिका’सम्बन्धी यस नयाँ वक्तव्यबाट धेरथोर सन्तुष्ट भइदिए भने विद्यमान व्यवसायविरोधी ‘पपुलिस्ट’ मापदण्डले सहारा गुमाउन थाल्नेछन् । यसका लागि सिइओहरूले मिडियामा होहल्ला गरिरहे यो सम्भव हुनेछ । 

बेलायतमा यसखाले राजनीतिक धारको सान्दर्भिकता अझ बढी छ । ठूला कम्पनीको उद्देश्यमाथि पुनर्विचारसम्बन्धी कुरा अमेरिकामा भन्दा धेरैअघि त्यहाँ सुरु भएको हो । विशेषगरी ब्रिटिस एकेडेमीले मूलधारका प्राज्ञिक एवं व्यवसायका नेतृत्वको अगुवाइमा कर्पाेरेट उद्देश्यमाथि घनीभूत बहसलाई प्रायोजन गरिरहेको छ । प्रतिपक्षी दलको नेतामा जेरेमी कर्बिनको उदयसँगै बेलायती व्यावसायिक फार्मलाई सेयरधनी र मुनाफाकेन्द्रित हुनबाट कम गराउने बहस बढेको छ । त्यसैले, राजनीतिक बहावले व्यावसायिक क्षेत्रको नेतृत्वमार्फत यस अवधारणालाई सहवरण र शिरोधार्य गर्न प्रेरित गर्न सक्छ ।

फेरि पनि हामी अनावश्यक शंकालु भने हुनुहुँदैन । बिजनेस राउन्ड टेबल वक्तव्यका पछाडिका सबै अमेरिकी सिइओले यसलाई विशुद्ध राजनीतिक गणितको विषय वा आफ्नो फाइदाको अवसरका रूपमा मात्रै पक्कै लिएका छैनन् । व्यवसायका कार्यकारीले पनि परिवर्तित वातावरणअनुसार निरन्तर आफूलाई बदल्दै जानुपर्छ, चाहे त्यो परिवर्तन उपभोक्ताको रुचि प्रविधिगत परिवर्तनको माग वा राजनीतिक धारको बहाव नै किन नहोस् । 

Project Syndicate 2019
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य
रो, हार्बर्ड ल स्कुलका प्राध्यापक हुन् ।