१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २८ बिहीबार १०:४३:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

चस्माको जतन यसरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २८ बिहीबार १०:४३:००

आँखाको समस्याले गर्दा होस् या फेसनका हिसाबले, हिजोआज अधिकांशले चस्मा लगाउने गर्छन् । तर, कतिपयले चस्मा सुरक्षित नराख्दा चाँडै भाँचिने सम्भावना हुन्छ । धेरैजसो समय चस्मा साथमै हुने हुनाले यसको जतन गर्नु आवश्यक हुन्छ । चस्माको जतन गर्न यी विषयमा ध्यान दिन आवश्यक छ 

  •  चस्माको लेन्स सानो ठक्करबाट पनि चर्किने तथा फुट्ने खतरा रहन्छ । तसर्थ, लगाउँदा र फुकाल्दा विशेष ध्यान दिनुहोस् ।
  •  चस्मा लगाउँदा र फुकाल्दा एकातिर मात्रै समातेर प्रयोग गरिन्छ । यसो गर्दा अगाडिको फ्रेम र खुट्टा भाँचिन सक्छ ।
  •  चस्माको लेन्स कडा टेबल या भुइँमा राख्नु हुँदैन । यसो गर्दा लेन्स धमिलो हुन्छ । 
  •  फेसनको नाममा टाउको वा निधारमा चस्मा लगाउने गर्नाले फ्रेम खुकुलो हुन्छ । पछि गएर खस्ने डर हुनुका साथै आकर्षक पनि देखिँदैन । 
  •  चस्मा सफा गर्ने कपडा सधैँ सफा हुनुपर्छ । फोहोर कपडा प्रयोग गर्दा कोरिने सम्भावना हुन्छ । 
  •  चस्माको लेन्स या फ्रेम अत्यधिक तापक्रममा खुइलिने तथा बिग्रने हुन्छ । तसर्थ, ८० डिग्री फरेनहाइटभन्दा बडी तापक्रमबाट जोगाउनुपर्छ । 
  •  चस्मा सफा गर्दा नरम साबुन र हल्का तातो पानीको प्रयोग गर्न सकिन्छ ।