मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक २८ बिहीबार ०७:४१:००
Read Time : < 1 मिनेट
राजनीति

मिडिया काउन्सिल विधेयकमा छलफल गर्न संसदीय समितिले बनायो उपसमिति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक २८ बिहीबार ०७:४१:००

राष्ट्रिय सभाअन्तर्गतको ‘विधायन व्यवस्थापन समिति’ले विवादित मिडिया काउन्सिल विधेयकमाथि गहन छलफल गर्ने भन्दै आठ सदस्य उपसमिति गठन गरेको छ । समितिले बुधबारको बैठकमा उपसमिति बनाएको हो । 

ठगेन्द्रप्रसाद पुरीको संयोजकत्वमा बनेको उपसमितिमा प्रकाश पन्थ, वृषेशचन्द्र लाल, उदया शर्मा, मीना बुढा, सिंहबहादुर विक, युटोल तामाङ र नन्दा चपार्इं सदस्य छन् । उपसमितिले १५ दिनसम्म विधेयकमाथि छलफल गरेर मूल समितिलाई प्रतिवेदन पेस गर्नेछ । संयोजक पुरी भन्छन्, ‘मिडियासँग जोडिएका विभिन्न निकायहरूसँग हामी छलफल गर्छौ । उनीहरूको कुरा सुन्छौँ र निष्कर्ष निकाल्छौँ ।’

उपसमितिले विधेयकमाथि दफा–दफा छलफल गर्दैन बरु सैद्धान्तिक छलफल मात्र चलाउने भएको छ । सैद्धन्तिक पाटो सक्काएपछि मात्रै दफावार छलफलमा जाने पुरीको भनाइ छ । मिडिया काउन्सिल विधेयकले स्वतन्त्र पत्रकारितामाथि हस्तक्षेप गर्ने भन्दै यसको विरोध भएको थियो । विधेयक गत वैशाख २७ गते राष्ट्रिय सभामा दर्ता भएको थियो ।