Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ कार्तिक २८ बिहीबार ०७:१६:००
Read Time : < 1 मिनेट
विश्व

इराकमा तत्काल निर्वाचन गर : अमेरिका

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २८ बिहीबार ०७:१६:००

इराकमा समयअगावै संसदीय निर्वाचन गर्न अमेरिकाले इराकी अधिकारीलाई आग्रह गरेको छ । इराकमा हिंसात्मक आन्दोलन जारी रहेकाले अमेरिकाले सो आग्रह गरेको हो । इराकमा निर्वाचनको माग गर्दै यहाँका नागरिकले आन्दोलन गरिरहेका छन् । हिंसात्मक आन्दोलनमा केही प्रदर्शनकारीको ज्यान पनि गएको छ । 

हिंसात्मक गतिविधि नियन्त्रणका लागि निर्वाचन आवश्यक रहेको अमेरिकी धारणा छ । निर्वाचनमार्फत आन्दोलनकारीको माग पूरा गरी शान्तिपूर्ण राजनीतिक व्यवस्थापन गर्न अमेरिकाले माग गरेको हो ।

अमेरिकी राष्ट्रपतिको कार्यालय 
ह्वाइटहाउसले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ, ‘इराकका राष्ट्रपति बरहाम सालेहले प्रतिबद्धता जनाएअनुसार त्यहाँ आमनिर्वाचन आवश्यक छ ।’ आन्दोलनका क्रममा आन्दोलनकारी, नागरिक समाजका व्यक्ति, सञ्चारमाध्यम तथा नागरिक अधिकारकर्मीमाथिको निरन्तरको आक्रमणप्रति अमेरिकाको चासो बढेको विज्ञप्तिमा भनिएको छ । 

सरकारले इन्टरनेटमा लगाएको प्रतिबन्धलाई अमेरिकाले निकै नजिकबाट नियालिरहेको पनि सो विज्ञप्तिमा जनाइएको छ । यहाँका राजनीतिक दलबीच राष्ट्रिय सहमतिको निर्माण गर्न सके आन्दोलन अन्त्य हुन सक्ने भन्दै निर्वाचनको विकल्प नरहेको अमेरिकी धारणा छ । इराकी संसद्को मानव अधिकारसम्बन्धी समितिले यहाँ जारी आन्दोलनबाट कम्तीमा पनि ३१९ सर्वसाधारणको मृत्यु भएको जनाएको छ ।