मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक २७ बुधबार १५:४७:००
Read Time : < 1 मिनेट
समाचार

श्रम सम्झौता संशोधन गर्न बहराइन सहमत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक २७ बुधबार १५:४७:००

नेपाल सरकार र बहराइन सरकारबीच भएको श्रम सम्झौता संशोधन गर्न बहराइन सरकार तयार भएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र नेपालका लागि बहारइनका गैरआवासीय राजदुत अब्दुल रहमान महोम्मद अहमद अल गाउदबीच भएको भेटघाटमा राजदुत गाउदले नेपाली श्रमिकहरूको हकहित र कल्याणका लागि बहराइन सरकार प्रतिवद्ध रहेको बताए । 

राजदुत गाउदले नेपाली श्रमिकले बहराइनको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै नेपाली श्रमिकको प्रशंसा गरेका थिए । नेपाली श्रमिक अनुशासित र कामप्रति प्रतिवद्ध भएकोले बहराइन सरकारले नेपाली श्रमिककोे संख्या बढाउन चाहेको जानकारी दिए ।

छलफलमा अन्तर्राष्ट्रिय मान्यता अनुरुप द्विपक्षीय श्रम सम्झौता तथा दुई देशबीचको बहुआयामिक सम्बन्ध बिस्तारका लागि पहल गर्न दुवै पक्ष सहमत भएको मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले बताए ।