१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ कार्तिक २७ बुधबार १५:४५:००
Read Time : < 1 मिनेट
समाचार

गुल्मीमा उल्लासपूर्ण रुपमा मनोनयन दर्ता

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २७ बुधबार १५:४५:००

गुल्मीको रुरु क्षेत्र गाउँपालिका ६ को रिक्त वडाध्यक्ष पदका लागि बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तीन जनाले उमेदवारी दर्ता गराएका छन् । नेकपा, कांग्रेस र एक स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । सो वडामा एमालेबाट निर्वाचित अध्यक्ष पूर्ण बहादुर रेग्मीको निधन भएकाले उपनिर्वाचन हुन लागेको हो ।

सत्तारुढ नेकपाका तर्फबाट गिरी प्रसाद सिन्जाली र कांग्रेसबाट बेदप्रसाद दर्लामीले उम्मेदवारी दर्ता गराएका हुन् । मन बहादुर दर्लामीले भने स्वतन्त्र उमेदवारी दर्ता गरेका छन् । नेकपाले वडाध्यक्षमा उमेदवार बनाएका सिन्जाली वडा सदस्य हुन् । कांग्रेसले भने वडाध्यक्षमा पराजित दर्लामीलाई नै पुनः उमेदवार बनाएको हो ।

रुरु गाउँपालिका-६ मा कुल मतदाता सख्या २ हजार ४८ रहेको मुख्य निर्वाचन अधिकृत कृष्ण प्रसाद पौडेलले जानकारी दिए । मुख्य निर्वाचन अधिकृत पौडेलका अनुसार १ मंसिरमा उमेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ ।