१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रमेश दवाडी  काठमाडौं
२०७६ कार्तिक २७ बुधबार १५:४१:००
Read Time : < 1 मिनेट
समाचार

सरकारसँग निराश जनताले कांग्रेसलाई भोट दिन्छन : नेता लेखक  

Read Time : < 1 मिनेट
रमेश दवाडी  काठमाडौं
२०७६ कार्तिक २७ बुधबार १५:४१:००

कांग्रेस नेता एवं पार्टीले गठन गरेको उपनिर्वाचन अनुगमन तथा निर्वाचन आयोग समन्वय समितिका संयोजक रमेश लेखकले उपचुनावलाई जनमत संग्रहको रुपमा हेरेको बताएका छन् । 

उनले उपचुनावमा पार्टीले जित्ने दावी गर्दै जनताले वैकल्पिक नेतृत्व खोजेको बताए । लगातार नेकपाले जित्दै आएको कास्की २ लाई कांग्रेसले बढी महत्व दिएको छ । लेखकले कास्की २ मा ज्येष्ठ र निष्ठावान् नेतालाई उम्मेरदवार बनाएकाले मतदातामा नयाँ उत्साह जगाएको बताए । 

‘राजनीतिमा निष्ठाको पनि महत्व छ भन्ने देखिएको छ,’ उनले भने, ‘उहाँका लागि सिंगो पार्टी, आमजनता लाग्नु भएको छ । विरोध गर्नुपर्ने, मन सानो बनाउनु पर्ने कुनै कारण छैन । हाम्रो उम्मेदवार नै त्यो ठाउँमा जित्नु पर्ने व्यक्तित्व हुनुहुन्छ ।’

सरकारबाट जनता निराश भएकाले त्यसको लाभ कांग्रेसलाई हुने लेखकले दावी गरे । स्थानीय तहका बढी स्थानमा उपनिर्वाचन हुने भएकाले घोषणापत्रमा स्थानीय एजेण्डा समेट्ने उनले जानकारी दिए ।