मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २७ बुधबार १३:०७:००
Read Time : < 1 मिनेट
अर्थ

१९ वटा स्थानीय तहमा तत्काल बैंकको व्यवस्था गर्न अर्थमन्त्रीको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २७ बुधबार १३:०७:००

अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकिङ सेवा नपुगेका स्थानीय तहमा पनि तत्काल बैंकको व्यवस्था गर्न नेपाल राष्ट्र बैंकलाई ताकेता गरेका छन् ।

अर्थमन्त्री खतिवडाले १९ वटा स्थानीय तहमा अझै बैंक स्थापना हुन नसकेको उल्लेख गर्दै ती ठाउँहरुमा पनि तत्काल बैंकिङ सेवा संचालन गर्न नेपाल राष्ट्र बैंकलाई सचेत गराएका छन् । मुलुक संघीयतामा गएसँगै स्थानीय तहमा अधिक आर्थिक क्रियाकलाप हुन थालेकाले सबै स्थानीय तहमा बैंकिङ सेवा स्थापना गर्न ढिलाई गर्न नहुने अर्थमन्त्री खतिवडाले बताए । 

मुलुकमा संघीयता कार्यन्वयनको क्रममा स्थानीय तहहरुमा दू्रतगतिको साथ बैंकहरु स्थापना भएकोमा आफू सन्तुष्ट र व्यवसाय संचालनका लागि उपयुक्त वातावरण बनेको उनले बताए । व्यवसायिक वातावरण नबनेको भए कसरी बैंकमा ऋण लिनेहरुको घुइचो हुन्थ्यो ? भनि उनले प्रश्न गरे ।

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले राष्ट्र बैंकको निर्देशनहरुको पूर्ण पालना गर्न सबै बैंक तथा वित्तीय संस्थालाई कडा निर्देशन दिएका छन् । उनले इमान्दार ढंगले काम नगर्ने बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई पनि बैंकिङ कसुर अन्तरगत कडा कारबाही गर्ने चेतावनी दिए ।