Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ कार्तिक २७ बुधबार १०:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

व्यक्तिगत स्वार्थका लागि राजनीति  गर्दा छिमेकीले हेपे : चित्रबहादुर केसी

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २७ बुधबार १०:३४:००

राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले भारतले गरेको सीमा अतिक्रमणका विरुद्ध सबै राजनीतिक दल एक ढिक्का हुनु सकारात्मक भएको बताएका छन् ।प्रगतिशील पत्रकार संघ रुपन्देहीले भैरहवामा राखेको पत्रकार भेटघाट कार्यक्रममा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका केसीले राजनीतिक दलहरूले व्यक्तिगत स्वार्थका लागि राजनीति गर्दा छिमेकीले हेप्ने गरेको गुनासो गरे ।

भारतले नेपालको अभिन्न अंग रहेको कालापानी, लिपुलेक र लिम्पियाधुराजस्ता ठूला भूभागहरू भारतीय नक्सामा समावेश गरिनु नेपाली जनताको लागि चिन्ताको विषय भएको उनले बताए । यसलाई कुटनीतिक तवरबाटै छलफल गरेर भारले नेपाली भूमिमाथि गरेको हस्तक्षेपको समाधान गर्नुपर्ने बताए ।

जुनसुकै मूल्य चुकाएर भए पनि पुर्खाले आर्जेको नेपालको भूभाग फिर्ता पाउनुपर्ने र फिर्ता नभए अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताए ।  व्यक्तिगत महत्वाकांक्षा पूरा गर्न राजनीति गर्ने र त्यसको लागि शक्ति राष्ट्रहरूको आशिर्वाद लिँदा विदेशीले हेपेको उनको भनाइ छ ।