मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक २७ बुधबार ०६:३१:००
Read Time : < 1 मिनेट
अर्थ

नेपाल बैंकको सस्तो घरकर्जा योजना

वार्षिकोत्सवका अवसरमा ८.८४ देखि ९.८४ प्रतिशत ब्याजमै कर्जा 

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २७ बुधबार ०६:३१:००

नेपाल बैंकले घर निर्माण गर्न, घर खरिद गर्न, मर्मत–सम्भार वा थप निर्माण गर्न सुलभ ब्याजदरमा कर्जा दिने घोषणा गरेको छ । कात्तिक ३० गते ८३ वर्षमा प्रवेश गर्न लागेको अवसरमा बैंकले कर्जा र निक्षेप सुविधा सार्वजनिक गरेको हो । बैंकले सो कर्जाको ब्याजदर आधार दरभन्दा १ देखि २ प्रतिशतसम्म प्रिमियम थपेर तोकिने उल्लेख गरेको छ । यसो भएमा ग्राहकले ८.८४ देखि ९.८४ प्रतिशतसम्म हुनेछ ।

बैंकको असोजमा प्रकाशित वित्तीय विवरणअनुसार आधार ब्याजदर ७.८४ छ । यो घरकर्जा ग्राहकले ५ देखि २० वर्ष अवधिको लागि प्रवाह गर्ने उल्लेख गरेको छ । कर्जा लिने ग्राहकले अग्रिम भुक्तानी तिर्नुनपर्ने र अन्य आकर्षक सुविधासमेत पाउने बैंकले उल्लेख गरेको छ । अन्य बैंकमा रहेको आवास कर्जासमेत स्वाप गर्न सक्ने सुविधा रहेको छ । 

त्यस्तै, बैंकले ग्रिन सेभिङ निक्षेप योजनासमेत सञ्चालनमा ल्याएको हो । वातावरणमैत्री निक्षेप योजना नाम दिइएको यो योजनामा सहभागी हुन बैंकको कुनै पनि शाखाबाट न्यूनतम मौज्दात २५ हजार राखेर खाता खोल्न सक्छन् । ६.५ प्रतिशत ब्याजदर तोकिएको यो निक्षेप योजनामा सहभागीले बैंकको डेविट कार्डबाट अन्य बैंकको एटिएमबाट समेत निःशुल्क कारोबारसमेत गर्न सक्छन् । त्यस्तै, भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ रजिस्ट्रेसन सुविधा एबिबिएस सेवा, इन्टरनेट सेवा निःशुल्क पाउनेछन् ।

त्यस्तै, ५० हजार रुपैयाँसम्मको औषधोपचार सुविधा र ५० लाख सम्मको दुर्घटना बिमा सुविधासमेत दिइने बैंकले जनाएको छ । हाल बैंकको ६३ जिल्लामा १ सय ६७ वटा शाखा सञ्चालनमा छ भने २३ एक्सटेन्सन काउन्टर र १ सय २ एटिएमबाट सेवा दिइरहेको छ ।