मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक २७ बुधबार ०६:१४:००
Read Time : < 1 मिनेट
अर्थ

एनसेलको ‘अल नेट भ्वाइस प्याक’

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २७ बुधबार ०६:१४:००

एनसेलले ग्राहकको सुविधाका लागि ‘अल नेटवर्क भ्वाइस प्याक’ अफर सञ्चालनमा ल्याएको छ । अफरअन्तर्गत ग्राकहले करबाहेक प्रतिमिनेट १ रुपैयाँमै देशभित्रको सम्पूर्ण नेटवर्कमा कल गर्न सक्नेछन् । अफरबाहेक विद्यमान शुल्कअनुसार एनसेलका ग्राहकले अन्य सेवाप्रदायकको नेटवर्कमा कल गर्दा करबाहेक प्रतिमिनेट १ रुपैयाँ ९९ पैसा तिर्दै आएका छन् ।  

यो अल नेट भ्वाइस प्याक मंगलबार (२६ कात्तिक)देखि सञ्चालनमा आएको छ । प्याकअन्तर्गत ग्राकहले २० मिनेटको अल नेटवर्क टक टाइम (देशका अन्य कुनै पनि टेलिकम सेवाप्रदायकको नेटवर्कमा कल गर्न मिल्ने) करबाहेक २० (करसहित २५.५४) रुपैयाँमा लिन सक्छन् ।

देशभित्रको अन्य नेटवर्कमा सुलभ दरमा कल गर्न सकिने अफर ल्याइएको यो पहिलोपटक भएको कम्पनीको दाबी छ । ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ७ ह्यास डायल गरी लिन सकिने प्याक सुचारु गरेपछि २४ घन्टाका लागि मान्य हुनेछ ।