मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ कार्तिक २७ बुधबार ०६:१४:००
Read Time : > 1 मिनेट
अर्थ

बुटवलमा औद्योगिक  व्यापार मेलाको तयारी

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २७ बुधबार ०६:१४:००

बुटवल उद्योग वाणिज्य संघले ‘औद्योगिक व्यापार मेला २०७६’ को तयारी सुरु गरेकोे छ । मेला सम्पन्न गर्न कार्यसम्पादन समिति तथा उपसमिति बनाइएका छन् । बुटवल उद्योग वाणिज्य संघले सञ्चालन गर्दै आएको मेलाको २०औँ संस्करण बुटवल उपमहानगरपालिका देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको उत्तरतर्फ आगामी पुसको ९ गतेदेखि २३ गतेसम्म हुँदै छ । 

संघको सोमबार बसेको कार्यसमिति बैठकले विषयगत कार्यसम्पादनका लागि उपसमितिसमेत गठन गरेको हो । संघका अध्यक्ष खिमबहादुर हमालको संयोजकत्वमा कार्यसम्पादन समिति यसअगाडि नै गठन भएको थियो । बैठकले पूर्वअध्यक्षहरू महेशकुमार राजभण्डारी, हिराप्रसाद श्रेष्ठ, जीवनप्रसाद वझा, ज्ञानेन्द्र कसजु, अर्जुनमान सैंजु, कुशप्रसाद मल्ली, निर्मलप्रसाद लाकौल, नवराज श्रेष्ठ, शंकर श्रेष्ठ र सुरेन्द्रप्रसाद श्रेष्ठलाई विषयगत उपसमितिमा सल्लाहकार चयन गरिएको छ । 

बैठकले निवर्तमान अध्यक्ष महेशमान सिंहको संयोजकत्वमा मूल्यांकन व्यवस्थापन उपसमिति तथा वरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजुलाई कार्यसम्पादन समितिको सहसंयोजक तथा समन्वय तथा अनुगमनको जिम्मेवारी प्रदान गरेको छ । 

त्यस्तैगरी, उद्योग उपाध्यक्ष अनिलप्रसाद श्रेष्ठलाई कार्यसम्पादन समितिको उपसंयोजक एवं वैदेशिक स्टल सहभागिता, कृषि तथा स्थानीय निकाय संघसंस्था समन्वय समितिको संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । वाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्याललाई कार्यसम्पादन समितिको उपसंयोजक तथा गुणस्तरीय एवं नवीनतम स्टल सहभागिता, पर्यटन तथा सरकारी, गैरसरकारी सुरक्षा निकाय समन्वय समिति संयोजकको जिम्मेवारी प्रदान गरिएको संघले जनाएको छ । 

महासचिव दिनेशप्रसाद श्रेष्ठलाई मेला प्रवद्र्धन एवं सचिवालय उपसमिति, कोषाध्यक्ष विमलराज भट्टराईलाई आर्थिक व्यवस्थापन उपसमिति र सचिव कमलप्रसाद पौडेललाई सौजन्य तथा समारोह व्यवस्थापन उपसमितिको संयोजकको जिम्मेवारी दिइएको छ । 

 बैठकले महिला उद्यमी प्रवर्द्धन उपसमितिमा मीना प्रधान, तालिम तथा गोष्ठी, अन्तक्र्रिया व्यवस्थापन एवं पर्यटन प्रवर्द्धन उपसमितिमा सञ्जय कलवार जयसवाल, औद्योगिक क्षेत्र तथा उद्योग प्रतिष्ठान समन्वय उपसमितिमा गोपाल टण्डन र स्वागतद्वार तथा मञ्च व्यवस्थापन उपसमितिको संयोजकमा प्रतीक पोखरेलाई जिम्मेवारी प्रदान गरेको छ । 

सुरक्षा व्यवस्थापन उपसमितिमा बाबुराम बिक, सूचना प्रविधि, आन्तरिक सञ्चार तथा प्राथमिक उपचार उपसमितिमा भेषराज गैरे, विद्युत् व्यवस्थापन उपसमितिमा दिनेश श्रेष्ठ र जनचेतना ¥याली तथा श्रव्य–दृष्य एवं पार्किङ व्यवस्थापन उपसमितिमा करुण खनाललाई संयोजकको जिम्मेवारी दिइएको छ । त्यस्तै प्रचारप्रसार व्यवस्थापन उपसमितिमा मुक्ति अधिकारी, उपहार तथा प्रमाणपत्र एवं स्वागत सत्कार व्यवस्थापन उपसमितिमा धनकुमारी खनाल र खाना आवास व्यवस्थापन उपसमितिमा शुक्रप्रसाद बस्याललाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । 

लोकसांस्कृतिक कार्यक्रम तथा साउन्ड सिस्टम व्यवस्थापन उपसमितिमा टंकप्रसाद गैरे, आधुनिक तथा विविध सांस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमितिमा मनोज ध्वजु, टिकट व्यवस्थापन उपसमितिमा नरिश्वर शर्मा पौडेल र सौजन्य व्यवस्थापन उपसमितिको संयोजकमा वसन्तप्रसाद ढकाललाई जिम्मेवारी प्रदान गरिएको छ । त्यस्तै परिचयपत्र व्यवस्थापन उपसमितिमा नवीन श्रेष्ठ, खानेपानी तथा सरसफाइ व्यवस्थापन उपसमितिमा सुरज भट्टराई र सचिवालय व्यवस्थापन उपसमितिको संयोजकमा निर्मित कसजुलाई जिम्मेवारी प्रदान गरिएको हो ।