मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक २७ बुधबार ०८:३२:००
Read Time : > 2 मिनेट
सप्तरंग

एकाएक फिल्मी यात्रामा

Read Time : > 2 मिनेट
२०७६ कार्तिक २७ बुधबार ०८:३२:००

आर्यन सिग्देलसँग कुनै गन्तव्य नै थिएन– कहाँ पुग्ने, के गर्ने । न भविष्य थियो, न त भूत नै । थियो त केवल वर्तमान । त्यही वर्तमानमा रमाइरहेका थिए, उनी । प्लस टु सकेर बिदामा बसेका थिए । उनलाई केही हुनु थिएन– डाक्टर, इन्जिनियर, पाइलट । एउटै कुरा आवश्यक थियो, खुसी । कुनै योजना बनाउँदैनथे । जे अगाडि पर्छ, त्यसैमा अघि बढ्थे ।

एक दिन अचानक उनलाई नाटकमा अभिनयको प्रस्ताव आयो । नीराजन सिग्देलले प्रस्ताव गरे, ‘हिँड्, नाटक गर्ने हो, हिरो पनि छस् ।’ आर्यनको तीन महिनाको बिदा थियो । उनलाई लाग्यो, ‘गइदिऊँ न त, रमाइलो पनि होला ।’

त्यसपछि आर्यन नसोचेको यात्रामा निस्किए– नाटक, स्टेज परफर्मेन्स । अलि पछि टेलीशृंखला र त्यसपछि फिल्म ‘किस्मत’ । फिल्म ‘मेरो एउटा साथी छ’ रिलिज भएपछि उनी एकाएक सेलेब्रिटीमा दर्ज भए । उनको फ्यान फलोइङ ह्वात्तै बढ्यो । चकलेटी अनुहारका उनी युवती फ्यानहरूबाट घेरिन थाले ।

फिल्मबाट राम्रो प्रतिक्रिया पाएपछि आर्यनले सोचे, अब यही क्षेत्रमा लाग्नुपर्छ । फिल्ममा उनको इमेज बन्यो, लभर ब्वायको । लगातार आर्यनका सफल फिल्म आए, करिअरको ग्राफ उकालो लाग्यो ।

आर्यन सिग्देललाई एक दिन नाटकमा अभिनयको प्रस्ताव आयो । त्यसपछि उनी नसोचेको यात्रामा निस्किए– नाटक, स्टेज परफर्मेन्स । अलि पछि टेलीशृंखला र त्यसपछि फिल्म ‘किस्मत’ । फिल्म ‘मेरो एउटा साथी छ’ रिलिज भएपछि उनी एकाएक सेलेब्रिटीमा दर्ज भए ।

मानिसले मिश्रित जीवन बाँच्ने हो– कहिले सफल र कहिले असफल । दुई दशकको फिल्मी यात्राको दौरान आर्यनको क्रेजमा सफलता मात्र थिएन, असफलता पनि मिश्रित थियो । भन्छन्, ‘पिकमा पुगेपछि झर्नैपर्छ या झरेपछि फेरि चढ्ने नै हो । तर, मानिसको जीवनको खास मूल्यांकन त जमिनमै हुने हो । मानिसले आफू हुनुको अर्थ पनि समानान्तर जमिनमा उभिएरै खोज्ने हो ।’ सफलता र असफलता दुवैलाई आत्मसात् गर्छन्, उनी । ‘समय र उमेर सधैँ एकै अवस्थामा रहँदैन भन्ने तथ्यलाई सहज रूपमा स्विकार्नुपर्छ । तल–माथिले केही असर गरेकोे छैन । म जे थिएँ, अहिले पनि त्यही छु जस्तो लाग्छ,’ उनी भन्छन् ।

०००
करिब एक साता लामो मनकामना, हेटौँडा यात्राका क्रममा घामले अलि कालो बनाएको अनुहारमा उनले आँखामा कालै चस्मा पहिरेका थिए । कालो चस्मा लगाएर कुरा गर्नेहरूले आफ्नो मनोविज्ञानलाई लुकाएको मान्ने गरिन्छ । आँखा जुधाएरै कुरा गरेको राम्रो मानिन्छ । भनिन्छ, आँखाले झुट बोल्दैनन् । तर, चस्मा लगाएर पनि आर्यनले झुट बोलेनन् ।

आर्यनको जस्तो सुन्दर अनुहार भएका कलाकारलाई आरोप लाग्ने गर्छ, अनुहारको कारणले चलेको । तर, उनी यस धारणालाई स्विकार्दैनन् । ‘त्यसलाई म गलत मान्छु । व्यक्तिगत जीवनले असर गर्दैन,’ उनी भन्छन्, ‘मेरा फिल्म नचलिरहँदा वैवाहिक जीवनको समाचार आयो र पनि फिल्म राम्रोसँग चल्यो । त्यस्ता कुरा मिडियाका लागि समाचार र गसिप मात्र बन्ने हुन् ।’ पछिल्लो समय आर्यनका फिल्मले अपेक्षाकृत व्यापार गर्न सकेका छैनन् । तर, उनलाई त्यस्तो लाग्दैन । बरु फिल्मको बजेट बढी भएका कारण असफल भएका हुन् जस्तो लाग्छ, उनलाई । ‘सामान्यतया फिल्मले औसतमा राम्रै कमाइरहेको छ । म काम गर्छु र मसँग निर्माता खुसी पनि छन् भने मेरो जे स्थान हो, त्यो यथावत् नै छ,’ उनी भन्छन् ।

आर्यनले फिल्म ‘धुवाँ’बाट आठ लाख रुपैयाँ पारिश्रमिक लिएको समाचार बन्यो । त्यसवेलाको महँगो पारिश्रमिक थियो, त्यो । ‘तर, पछि फिल्म चलेन, मैले एक लाख पनि लिइनँ,’ उनी भन्छन्, ‘मलाई फिल्म मन परेको थियो । म सन्तुष्ट भएँ, त्यति भए मलाई पुग्यो ।’

आर्यनले फिल्म ‘धुवाँ’बाट आठ लाख रुपैयाँ पारिश्रमिक लिएको समाचार बन्यो । त्यसवेलाको महँगो पारिश्रमिक थियो, त्यो । ‘तर, पछि फिल्म चलेन, मैले एक लाख पनि लिइनँ,’ उनी भन्छन्, ‘मलाई फिल्म मन परेको थियो । म सन्तुष्ट भएँ, त्यति भए मलाई पुग्यो ।’ आर्यनको भनाइमा पैसा कहिल्यै उनको प्राथमिकतामा परेन । त्यसो हुँदो हो त २० वर्षे करिअरमा उनका सय फिल्म हुन्थे होलान् । तर, यसबीचमा करिब ३५ वटा फिल्ममा मात्र अभिनय गरेका छन्, उनले ।

आर्यन भविष्यबारे कहिल्यै सोच्दैनन्, वर्तमानमा बाँच्छन् । भन्छन्, ‘आजको दिन खुसी भएर बाँच्नुपर्छ, भोलि पनि त्यस्तै हुनेछ ।’ उनी आफूलाई सपनाविहीन मानिस मान्छन् । ‘त्यसवेला पनि म ठूलो स्टार र कलाकार बन्छु भनेर फिल्ममा लागेको होइन । राम्रो हुन्छ भन्दाभन्दै लागेको हुँ,’ उनी थप्छन्, ‘भविष्यबारे सोचेर हिँडेको भए आज यहाँ हुँदिनथेँ । जे अवसर आयो, त्यसैलाई स्विकारेर अगाडि गएँ र म एक्सिडेन्ट्ली फिल्ममा आएको हुँ ।’