मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ कार्तिक २७ बुधबार ०८:१४:००
Read Time : > 1 मिनेट
खेलकुद

लिटल फ्लावर च्याम्पियन

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २७ बुधबार ०८:१४:००

लिटल फ्लावर स्कुल धनगढीले ‘निस्ट कलेज लिटल फ्लावर प्रिमियर लिग टी–२० क्रिकेट’को उपाधि जितेको छ । संस्कार क्रिकेट एकेडेमीको आयोजनामा संघीय प्रहरी इकाइ कार्यालयको खेल मैदानमा भएको चौथो संस्करणको फाइनलमा काठमाडौंको हिमालयन ह्वाइटहाउसवर्ल्ड स्कुललाई ९ विकेटले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि जित्न सफल भयो । 


लिटल फ्लावरको जितमा कप्तान विपिन रावल र सुवास ऐरले उत्कृृष्ट प्रदर्शन गरेका थिए । गत संस्करणमा लिटिल बुद्ध एकेडेमीलाई पराजित गर्दै लिटल फ्लावर च्याम्पियन बनेको थियो । चौथो संस्करणको विजेता भएसँगै लिटल फ्लावरले नगद २ लाख प्राप्त गरेको छ । उपविजेता हिमालयन ह्वाइटहाउसले एक लाख हात पार्‍यो ।

सहज जित
टस जितेर पहिले ब्याटिङ गर्दै हिमालयन ह्वाइटहाउसले दिएकोे एक सय ३८ रनको लक्ष्य लिटल फ्लावरले ११ बल बाँकी छँदै १८.१ ओभरमा पूरा गर्‍यो । उसका लागि सुवासले ५४ बलमा ३ छक्का र ९ चौकाको मद्दतमा अविजित ६८ रनको इनिङ खेल्दा विपिनले ३८ बलमा ३ छक्का र ४ चौकाको सहयोगमा ४७ रन बनाए । दुवै ओपनर ब्याट्सम्यानले पहिलो विकेटका लागि एक सय ३ रनको शतकीय साझेदारी गरेका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हिमालयन ह्वाइटहाउसले उत्कृष्ट सुरुवात गर्दै २० ओभरमा एक सय ३७ रन जोडेको थियो । हिमालयनका लागि ओपनरद्वय दीपक बोहोराले ३४ रन र सुदीप बस्नेतले १८ रन बनाए । उनीहरूले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । तर, त्यसपछि भने उसका ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । लिटल फ्लावरका लागि दीपक रोकाया र अनुराग सिंहले दुई–दुई विकेट लिँदा विपिन रावलले एक विकेट लिए । फाइनल खेलमा अविजित ६८ रन बनाएका लिटल फ्लावरका सुवास ऐर म्यान अफ दी म्याच भए ।

पौडेल उत्कृष्ट खेलाडी
प्रतियोगिताका उत्कृष्ट खेलाडी हिमालय ह्वाइटहाउसका आरियो पौडेल भए । उनले नगद १५ हजार हात पारे । त्यस्तै, प्रतियोगितामा शारदा विद्या निकेतनका वीरेन्द्र नाथ उत्कृष्ट ब्याट्सम्यान, लिटल फ्लावर स्कुलका दीपक रोकाया उत्कृष्ट बलर र लिटल फ्लावरका अनुराग सिंह उदीयमान खेलाडी घोषित भएका थिए । प्रतियोगितामा देशभरका १२ विद्यालयको सहभागिता थियो ।