मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ कार्तिक २७ बुधबार ०८:१०:००
Read Time : < 1 मिनेट
खेलकुद

रहिम स्टर्लिङ निलम्बित

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २७ बुधबार ०८:१०:००

इंग्ल्यान्डले आफ्ना मिडफिल्डर रहिम स्टर्लिङलाई एक खेलका लागि निलम्बन गरेको छ । यससँगै स्टर्लिङले युरोकप २०२० अन्तर्गत मोन्टेनेग्रोविरुद्ध छनोट खेल गुमाउने भएका छन् । 

राष्ट्रिय टोलीको प्रशिक्षणका क्रममा समकर्मी खेलाडीसँग क्लब फुटबलअन्तर्गत भएको खेलको विषयलाई लिएर झगडामा उत्रिएका कारण कारबाही गरिएको जनाएको छ । इंग्लिस प्रिमियर लिगअन्तर्गत गत आइतबार स्टर्लिङ अनुबन्ध रहेको म्यानचेस्टर सिटी र लिभरपुलले प्रतिस्पर्धा गरेका थिए । 

सिटी ३–१ गोलले पराजित भएको सो खेलका क्रममा स्टर्लिङले लिभरपुलका रक्षक जोई गोमेजसँग झगडा गरेका थिए । यी दुवै खेलाडी इंग्ल्यान्डका हुन् । सोही विषयलाई लिएर मंगलबार भएको राष्ट्रिय टोलीको प्रशिक्षणका क्रममा समेत स्टर्लिङ गोमेजसँग झगडामा उत्रिएका थिए । 

सोही कारण स्टर्लिङलाई कारबाही गरिएको इंग्लिस फुटबलले जनाएको छ । स्टर्लिङलाई कारबाही गर्ने निर्णयलाई प्रशिक्षक गारेथ साउथगेटले स्वागत गरेका छन् । ‘हामीले अहिलेसम्म क्लब फुटबलको झगडालाई राष्ट्रिय टोलीमा आउने दिएका छैनौँ,’ प्रशिक्षक साउथगेटले भने, ‘यस्ता विषयले राष्ट्रिय टोलीको खेलमै असर पर्ने गर्दछ । स्टर्लिङमाथिको कारबाहीको निर्णय स्वागतयोग्य छ ।’

इंग्ल्यान्डले युरोकप छनोटअन्तर्गत यो बिहीबार वेम्बलीमा मोन्टेनेग्रोसँग प्रतिस्पर्धा गर्दै छ । सोही खेलका लागि इंग्ल्यान्डले आफ्ना खेलाडीलाई राष्ट्रिय टोलीको अभ्यासका लागि मंगलबार बोलाएको थियो ।