मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २६ मंगलबार २०:१८:००
Read Time : < 1 मिनेट
समाचार

अन्तर्राष्ट्रिय लेखा व्यवसायी संगठनकाे बाेर्ड सदस्यमा नेपालका कर्ण निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २६ मंगलबार २०:१८:००

एसिया प्यासिफिक क्षेत्रका नियमनकारी लेखा व्यवसायी संस्थाहरुको साझा संगठन 'कन्फडेरेसन अफ एसिया एण्ड प्यासिफिक एकाउन्टेन्ट्स' (कापा)को बोर्ड सदस्यमा नेपालकाे तर्फबाट डा. सुवोध कर्ण निर्वाचित भएका छन् । क्यानडामा सोमबार भएको निर्वाचनमा उनी सदस्यमा निर्वाचित भएका हुन् । 

कापाको अध्यक्षमा चिनियाँ चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका चेन युगी र उपाध्यक्षमा अमेरिकी संस्थाका जिम नाफो चुनिएका छन् । ६० दशक पुरानो यस संठगठनमा अमेरिका, क्यानडा, भारत, अष्ट्रेलिया, चीन, जापानलगायतका ३३ राष्ट्र सदस्य छन् । नेपाल करिव एक दशकअघि मात्र सदस्य बनेको नयाँ राष्ट्र हो ।

निर्वाचनमा दक्षिण एसियाली मुलुकमा बंगलादेश, पाकिस्तानका प्रतिनिधिसहित १६ जनाले उम्मेदवारी दिएका थिए । त्यसमध्ये १० जना मात्र चुनिने व्यवस्था छ । कर्ण नेपालको लेखा व्यवसायको नियमनकारी निकाय आइक्यानका पूर्व अध्यक्षसमेत हुन् । हाल उनी नेपाल राष्ट्र बैंकको सञ्चालक सदस्य छन् ।