१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका भक्तपुर
२०७६ कार्तिक २६ मंगलबार १९:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

बंगलादेशका राष्ट्रपति हमिदद्वारा भक्तपुरका सम्पदा क्षेत्रको अवलोकन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका भक्तपुर
२०७६ कार्तिक २६ मंगलबार १९:५८:००

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले भक्तपुरका सांस्कृतिक सम्पदाहरुको अवलोकन गरेका छन् । उनले भ्रमणका क्रममा बंगलादेशबाट भक्तपुरमा आउने पर्यटकको संख्याबारे चासो राखेका थिए । भक्तपुरमा वर्षेनी सयौँको संख्यामा बंगलादेशी पर्यटकहरु आउने गरेका छन् । 

भ्रमणका क्रममा राष्ट्रपति हमिदको सहयोगी बनेका भक्तपुर नगरपालिकाका प्रशाशकीय अधिकृत दामोदर सुवालले भने, ‘उहाँले यहाँका सम्पदाको रुचि दिएर अवलोकन गर्नुभयो, हाम्रा ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक सम्पदा र तिनको संरक्षणबारे चासो दिएर जानकारी लिनुभयो ।’ उनले राष्ट्रपति हमिदले भक्तपुरको सांस्कृतिक सम्पदाको जानकारी लिएर आफू प्रभावित भएको बताएको सुनाए । राष्ट्रपति हमिदले अब बंगलादेश फर्किएर आफ्ना नागरिकलाई भक्तपुरका सांस्कृतिक सम्पदाको अवलोकन गर्न भन्ने र भक्तपुरको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने वचन दिएका छन् ।

राष्ट्रपति हमिदले यहाँका राष्ट्रिय कला संग्रहालय, स्वर्ण ढोका, ५५ झ्याले दरबार, सिद्धिलक्ष्मी मन्दिर, यक्षेश्वर महादेव मन्दिर, बहताल हुँदै टौमढी क्षेत्रको पाँचतले मन्दिर र भैरवनाथ मन्दिरको स्थलगत अवलोकन गरे । त्यस क्रममा उनले घुम्न आएका विभिन्न देशका पर्यटक र स्थानीयबासीसँग कुराकानी गरे । नगरपालिकाले राष्ट्रपति हमिदको स्वागतमा माक प्याखँ र देवी प्याखँ (यहाँका चर्चित सांस्कृतिक नृत्य) प्रस्तुत गरेको थियो । नगरप्रमुख सुनिल प्रजापतिले यहाँको हस्तकलाका रुपमा चर्चित ‘मयुरको झ्याल’ उपहार दिएका छन् ।