१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २६ मंगलबार १९:११:००
Read Time : < 1 मिनेट
समाचार

सरकारलाई कांग्रेसको आग्रह : ऐतिहासिक क्षणमा सीमा विवाद समाधान गर्नु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २६ मंगलबार १९:११:००

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भारतसँगको सीमा समस्या समाधानका लागि उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक पहल गर्न सरकारलाई पुनः सचेत गराएको छ । पार्टीका प्रवक्ता विश्व प्रकाश शर्माले सीमा समस्या समाधान गर्न परिणाममुखी पहल गर्न पनि सरकारलाई आग्रह गरेका थिए ।

प्रवक्ता शर्माले आफ्नो पार्टीले सीमा विवादसम्बन्धमा प्रधानमन्त्री ओलीकाे जिम्मेवारीबारे नियाली रहेको बताए । सीमासम्बन्धी समस्या समाधान गर्न सरकारलाई सबै खालको सहयोग गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको पनि उनको भनाइ छ । ‘राष्ट्रिय एकता निर्माण भएको यस ऐतिहासिक क्षणमा भारतसँगको सीमा समस्या समाधान गरी परिणाममुखी कूटनीतिक तथा राजनीतिक पहल गर्न सरकार सक्षम हुने विश्वास आफ्नो पार्टीले लिएको छ,’ प्रवक्ता शर्माले भने, ‘प्रधानमन्त्री ओलीले सो जिम्मेवारीलाई कसरी पूरा गर्नुहुन्छ ? आफ्नो पार्टीले सतर्कताका साथ नियाली रहेको छ ।’

प्रवक्ता शर्माले मुलुकको राष्ट्रियता, लोकतन्त्र, संघीयता र समृद्धिको अभियानमा सरकारलाई आफ्नो पार्टीको सदा साथ रहने बताए ।