१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २६ मंगलबार १८:४१:००
Read Time : < 1 मिनेट
समाचार

आलमको मुद्दामा छैटौं दिन पनि थुनछेक बहस सकिएन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २६ मंगलबार १८:४१:००

पूर्व मन्त्री एवं सांसद माेहमद आफताव आलमविरुद्व दायर भएको कर्तव्य ज्यानसहितको मुद्दामा रौतहट जिल्ला अदालतमा जारी थुनछेक बहस लम्बिएको छ । थुनछेक बहस सुरु भएको  छैटौं दिन मंगलबार पनि प्रतिवादीतर्फका कानुन व्यावसायीको बहस टुंगिएन ।

गत बिहीबारदेखि आलमको मुद्दामा थुनछेक बहस सुरु भएको थियो । सरकार र जाहेरवालातर्फका कानुन व्यावसायीको बहस सकिए पनि प्रतिवादीका कानुन व्यवसायीको बहस जारी रहेको हो । मंगलबार आलमको तर्फबाट वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का, यदुनाथ खनाल र अधिवक्ता सतिश झाले बहस गरेका थिए ।

रौतहट जिल्ला अदालतका श्रेस्तेदार गुणराज पराजुलीले मंगलबार प्रतिवादीका तर्फबाट तीन जना कानुन व्यवासायीले बहस गरेको बताए । प्रतिवादीका कानुन व्यवसायीको बहस टुंगिएपछि जाहेरवाला र सरकारी वकिलले प्रति बहस गर्न सक्छन् । थुनछेक बहस टुंगिएपछि अदालतले आलमविरुद्ध परेको मुद्दामा थुनामा राखी पूर्पक्ष गर्ने, धरौटीमा छाड्ने वा साधारण तारिखमा छाड्ने भन्ने आदेश दिनेछ ।