मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २६ मंगलबार १६:०२:००
Read Time : < 1 मिनेट
समाचार

सर्वाेच्चकाे फैसलासँगै नायिका शिल्पा पाेखरेललाई पक्राउ गर्न बाटाे खुल्याे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २६ मंगलबार १६:०२:००

नायिका शिल्पा पोखरेललाई पक्राउ गर्नका लागि बाटाे खुलेकाे छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर प्रसाद खतिवडा र मनाेज कुमार शर्माकाे संयुक्त इजलासले मंगलबार उनले दायर गरेकाे रिट खारेज हुने फैसला गरेसँगै प्रहरीलाई पक्राउ गर्न बाटाे खुलेकाे हाे ।

छवि ओझाकी जेठी श्रीमती हेमाले बहुविवाह गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । हेमाको उजुरीका आधारमा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ गर्ने अनुमति लिएको थियो । अदालतले पक्राउ गर्न आदेश दिएसँग उनी फरार थिइन । जिल्ला अदालतले दिएको आदेशविरूद्ध शिल्पा सुरुमा उच्च अदालत पाटन पुगेकी थिइन् । 

गत २४ साउनमा उच्च अदालतले जिल्ला अदालतकै आदेश सदर गरेपछि शिल्पालाई पक्राउ गर्ने बाटो खुलेको थियो । सो आदेशविरूद्ध उनले आफ्नो वारेसमार्फत गत २९ साउनमा सर्वोच्चमा रिट दायर गरेकी थिइन । साे रिट पनि खारेज भएकाे हाे ।