मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७६ कार्तिक २६ मंगलबार १५:३५:००
Read Time : < 1 मिनेट
समाचार

मिडिया नेपाल प्रदेश १ कमिटी गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ कार्तिक २६ मंगलबार १५:३५:००

राष्ट्रिय प्रजान्तन्त्र पार्टी (राप्रपा)निकट पत्रकार संगठन मिडिया नेपालको १ नम्बर प्रदेश कमिटी घोषणा गरिएको छ । 

मंगलबार सुनसरीको इटहरीमा आयोजित ‘मिडिया नेपाल प्रदेश नम्बर १ कमिटी घोषणा सभा’मा विजयकुमार राउतको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति घोषणा गरिएको हो । सुनसरीका राउत सदाबहार मिडिया प्रालिका अध्यक्ष एवं एकता खबर दैनिक पत्रिकाका सम्पादक हुन् । 

मिडिया नेपाल प्रदेश १ उपाध्यक्षमा मोरङको समकालीन साप्ताहिकका सम्पादक मधुसुदन ज्ञवाली चयन भएका छन् । यसैगरी सचिवमा मोेरङकै दीपक सुवेदी, सहसचिवमा ताप्लेजुङका सोनाम थापा चुनिएका छन् । 

सदस्यहरुमा पाँचथरका रमेश थापा, इलामका तारानाथ पौडेल (अविरल) संखुवासभाका कविर लिम्बु, मोरङका सुरेश मिश्र, इलामकी सलिना लमिछाने, उदयपुरका रमेश पौडेल, खोटाङका खेमराज सापकोटा छानिएका छन् । 

यसैगरी खोटाङका शिव बस्नेत, झापाका शान नेपाल, मोरङका ज्ञानेन्द्र दाहाल र धनकुटाका जीवन फुयाल सदस्यमा चयन भएका छन् ।  

घोषणा सभामा प्रमुख अतिथि राप्रपाका प्रदेश १ अध्यक्ष राम थापाले मिडिया नेपाल पत्रकारहरुको संगठन भएकाले देश र समाजको पक्षमा कलम चलाउन नवगठित कमिटीलाई सुझाव दिए ।