मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ कार्तिक २६ मंगलबार ११:०६:००
Read Time : < 1 मिनेट
विश्व

रसियाली प्राध्यापकको  झोलामा प्रेमिकाको शवका टुक्रा 

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २६ मंगलबार ११:०६:००

रसियामा इतिहासका एक प्राध्यापक प्रेमिकाको हत्यापछि झोलामा उनको हात बोकेर फाल्ने क्रममा पक्राउ परेका छन् । झोलामा प्रेमिकाको हात बोकेर खोलामा फाल्ने क्रममा ६३ वर्षीय प्राध्यापक ओलेग सोकोलभ पक्राउ परेका हुन् । मदिराले लठ्ठ सोकोलभ झोलासहित खोलामा ढलेका थिए ।  

हत्या गरिएकी प्रेमिका प्राध्यापककै पूर्वविद्यार्थी अनासटासिया यसचेन्को रहेको खुलेको छ । प्रहरीले प्राध्यापकको घरबाट २४ वर्षीय यसचेन्कोको क्षत्–विक्षत् शव फेला पारेको छ । प्राध्यापकले हत्या गरेको स्विकारेको उनका वकिलले बताएका छन् । ‘उनले आफ्नो अपराध स्विकारेका छन्,’ उनका वकिल अलेक्जेन्डर पोचुयेभले भने । विवादका क्रममा प्रेमिकाको हत्या गरेको र त्यसपछि उनको टाउको, हात तथा खुट्टा काटेको प्राध्यापकले बताएका छन् । फ्रान्सेली शासक नेपोलियन बोनापार्टसम्बन्धी विज्ञ प्राध्यापक साकोलभले फ्रान्सको सर्वोेच्च पुरस्कार पाएका थिए । प्राध्यापक निकै तनावमा रहेको उनका वकिल पोचुयेभले बताए । प्राध्यापकले नेपोलियनबारे अनगिन्ती पुस्तक लेखेका छन् । 

उनी र उनकी प्रेमिका यसचेन्कोले फ्रान्सको इतिहास पढेका थिए । विद्यार्थीहरूको नजरमा उनी विद्वान् गुरु थिए, जो फ्रान्सेली भाषाका ज्ञाता थिए । उनी फ्रान्सको इन्स्टिच्युट अफ सोसल साइन्स, इकोनोमिक्स एन्ड पोलिटिक्स (इसेप) नामक एउटा वैज्ञानिक समितिको सदस्य थिए । समितिले उनलाई शनिबारदेखि नै हटाएको छ ।