मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक २६ मंगलबार ०६:०६:००
Read Time : < 1 मिनेट
अर्थ

सामसुङ ग्यालेक्सी  ए–ट्वान्टी एस नेपाली बजारमा

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २६ मंगलबार ०६:०६:००

सामसुङको ट्रिपल रियर क्यामरायुक्त ग्यालेक्सी ए–ट्वान्टी एस नेपाली बजारमा भित्रिएको छ । यस सिरिजमा नयाँ विशेषता रहेका छन् । ग्यालेक्सी ए परिवारको नयाँ सदस्यका रूपमा रहेको यस मोबाइलमा ट्रिपल रियर क्यामरा, १५ वाटको फास्ट चाजिङ एवं आकर्षक डिजाइन रहेको छ । 

ग्यालेक्सी एस ट्वान्टी एसमा आकर्षक ६.५ इन्चको एचडी इन्फिनिटी–वी डिस्प्ले रहेको छ । जुन प्रयोगकर्तालाई जीवन्त अनुभव प्रदान गर्ने कम्पनीले दाबी गरेको छ । यसमा ४ हजार एमएएचको ब्याट्री तथा १५ वाटको फास्ट चार्जिङ रहेको छ, जसले गर्दा सहज स्ट्रिमिङ एवं गेमिङको मज्जा लिन सकिन्छ । यस फोनमा डल्वी एटमास सराउन्ड प्रविधि रहेको छ । 

ग्यालेक्सी एस ट्वान्टी एस ट्रिपलर क्यारमा १३ मेगापिक्सलको प्राइमरी रियर क्यामरा, एफ १.८ अपर्चर, ८ मेगापिक्सलको अल्ट्रावाइड लेन्स तथा ५ मेगापिक्सलको डेप्थ क्यामरा रहेको छ, जसले अत्यन्त आकर्षक फोटो खिच्न उपयोग हुने कम्पनीले जनाएको छ । यसमा ८ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ, जसले अझै स्पष्ट एवं ब्राइट सेल्फी खिच्न सहयोग मिल्नेछ ।

यो फोनमा ३ जिबी र्‍याम, ३२ जिबी इन्टरनल स्टोरेज तथा ४ जिबी र्‍याम ६४ जिबी इन्टरनल स्टोरेजमा उपलब्ध रहेको छ । यसमा रियर फिंगर प्रिन्ट स्क्यानर पनि रहेको छ । ग्यालेक्सी एस ट्वान्टी एसको मूल्य २० हजार ६ सय ९० देखि २३ हजार ६ सय ९० रुपैयाँ रहेको छ ।