मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
एएफसीले स्वीकृति दिएको भुटानको चाङलिमिथाङ मैदान । तस्बिर : एजेन्सी
२०७६ कार्तिक २६ मंगलबार १०:४८:००
Read Time : > 1 मिनेट
खेलकुद

नेपालले कुवेतसँगको विश्वकप छनोट भुटानमा खेल्ने

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २६ मंगलबार १०:४८:००

एएफसीले स्वीकृति दिएको भुटानको चाङलिमिथाङ मैदान । तस्बिर : एजेन्सी

नेपाली राष्ट्रिय फुटबल टोलीले २०२२ विश्वकपअन्तर्गत एसियन छनोटको दोस्रो चरणमा कुवेतविरुद्ध भुटानमा खेल्ने पक्का भएको छ । दशरथ रंगशालामा ३ मंसिरमा नेपालले घरेलु मैदानमा कुवेतविरुद्ध प्रतिस्पर्धा गर्नुपर्ने थियो । तर, रंगशाला विश्वकप छनोट खेलाउन उपयुक्त नभएको एएफसीले जनाएको थियो । त्यसपछि नेपालले तटस्थ भूमिका रूपमा भुटानको चाङलिमिथाङ मैदान प्रस्ताव राखेको थियो । यद्यपि, कुवेतले भने नेपालविरुद्धको आफ्नो दोस्रो खेल दोहामा हुनुपर्ने प्रस्ताव एएफसीसमक्ष पठाएको थियो । कुवेतले भिसा, होटेल र लामो दूरीका कारण भुटानको मैदानमा खेल्न नसक्ने जनाएको थियो । 

कुवेतको प्रस्ताव अस्वीकृत
कुवेतले दोहामा फुटबल गराउन धेरै प्रयास नगरेको होइन । कुवेतले एएफसीका अध्यक्षसँगै नेपालविरुद्धको खेल दोहामा हुनुपर्ने दाबी गरेको थियो । तर, एएफसीले नेपालको घरेलु मैदानमा हुने खेलमा हस्तक्षेप गर्न नमिल्ने जवाफ कुवेतलाई फर्काएको थियो । एन्फा प्रवक्ता किरण राईले अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै आफूहरूले तटस्थ भूमिका रूपमा भुटानको मैदान रोजेको बताएका छन् । ‘हामीले अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएको मैदानको विकल्प प्रस्तुत गर्ने हो । हामीले भुटान प्रस्ताव ग¥यौँ, त्यसमा उनीहरूले भिसा प्रोसेसिङ, ट्राभल र एकोमोडेसनमा समस्या देखाएका थिए,’ राईले भने । कुवेतको भिसादेखि अन्य समस्यामा एन्फाले सहजीकरण गर्ने बताएपछि एएफसीले चाङलिमिथाङमा खेल गराउने निर्णय गरेको राईले बताए ।  

नेपालअनुकूल मौसम
एन्फाले भुटानलाई प्रस्ताव गर्नुको मुख्य कारण नेपालसुहाउँदो मौसम हो । ‘भुटान हाम्रा लागि अनुकूल मौसम भएको ठाउँ हो, भुटान केही चिसो ठाउँ भएकाले पनि खेल अरब मुलुकमा गर्नुपर्नेमा कुबेतको अलि बढी जोड थियो,’ राईले भने, ‘भुटानमा खेल गराउँदा नेपाललाई आर्थिक रूपमा बोझ हुँदैन ।’ यसैबीच एन्फाले भुटान फुटबल संघसँग धेरै विषयमा मिलेर अघि बढ्ने मौखिक सम्झौता गरेको उनले बताए । ‘टिकट र अत्यावश्यक खर्चबाहेक भुटान फुटबल संघले समन्वय गर्ने कुरा भएको छ । तर, आधिकारिक हस्ताक्षर हुन बाँकी छ,’ राईले भने ।