मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक २५ सोमबार १६:३२:००
Read Time : < 1 मिनेट
समाचार

नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई राज्य व्यवस्था समितिको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक २५ सोमबार १६:३२:००

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको सोमबार बसेको बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक भूभाग समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।

बैठकमा उपस्थित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याललेसमेत हाल प्रयोगमा रहेको नेपालको नक्सा त्रुटिपुर्ण रहेको बताएकी छन् । मन्त्री अर्यालले लिम्पियाधुराको काली नदी नै नेपाल भारत सीमाना भएको बताएकी छन् ।

प्रधानमन्त्रीतर्फको प्रतिनिधित्व गर्दै बैठकमा सहभागी मन्त्री अर्यालले हाल प्रयोगमा रहेको नेपालको नक्सा त्रुटिपूर्ण रहेको सवीकार गरेकी हुन् । 

बैठकमा गृहमन्त्री रामबहादुर थापाले दुई मुलुकबीचको सीमामा देखिएका समस्या समाधान गर्न दुई मुलुकबीचको सीमा सुरक्षा बलको बैठक मंसीर पहिलो हप्ता बोलाइएको जानकारी समितिलाई गराएका थिए । उनले सरकारले विगतमा देखा पर्ने गरेका दुई मुलुकबीचको सीमा समस्या समाधान गर्दै आएको उल्लेख गर्दै हाल देखा परेका सीमा समस्या समाधानका लागि सुरक्षाका दृष्टिले आवश्यक पहल गरिरहेको पनि बताए ।

सभापति शशि श्रेष्ठले पनि हाल प्रयोगमा रहेको नेपालको नक्सा त्रुटिपूर्ण रहेको सरकारले स्वीकारेको अर्यालले बताएकी छन् ।

बैठकमा समितिका सदस्यहरुले नेपालको सार्वभौमिकताको रक्षा गर्ने काममा दृढतापूर्वक अघि बढ्न पनि सरकारलाई दवाव दिएका थिए ।