मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २५ सोमबार १४:००:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

ज्ञापन पत्र बुझाउने तयारीमा रहेका विप्लवका कार्यकर्ता पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २५ सोमबार १४:००:००

प्रतिबन्धित नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वका पूर्वकेन्द्रीय सदस्य मकर गुरुङलाई प्रहरीले साेमबार काठमाडौंबाट पक्राउ गरेको छ । 

भारतले नेपाली भूमि मिचेको विरोधमा विप्लवका कार्यकर्ता र नेकपाका जनवर्गीय संगठनले भारतीय दूतावासलाई ज्ञापन बुझाउने तयारी गरिरहेको अवस्थामा उनी पक्राउ परेका हुन् । विप्लवको जनपत्रकार संगठनका महासचिव हिम विष्टले भने, ‘भारतले नेपाली भूमि मिचेको विरोधमा भारतीय राजदूतावासमा -यालीसहित ज्ञापन पत्र बुझाउने तयारीमा रहेको समयमा काठमाडौंको घण्टाघरबाट प्रहरीले नियन्त्रणमा हो ।’

प्रहरीले विप्लव नेकपाका पूर्वकेन्द्रीय सदस्य गुरुङ, नेपाल जनस्वास्थ्यकर्मी महासंघका टीका कँडेल, बिर्ख विक र केही पत्रकारलाई समेत पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रवक्ता होविन्द्र वोगटीले विप्लव नेतृत्वका ७ जना नेता कार्यकर्ता समातिएका जानकारी दिए ।