२०७६ कार्तिक २५ सोमबार १३:१६:००

आलम विरुद्ध बयान दिने भनिएका गौरीशंकर घटनाको विषयमा थाहा नभएको भन्दै पुगे अदालत

कांग्रेस नेता तथा पूर्वमन्त्री अफताब आलम बिरुद्ध बयान दिने भनिएका गौरीशंकर राम चमारले घटनाको विषयमा थाहा नभएको भन्दै सोमबार अदालत पुगेका छन् ।

थुनछेक बहस चलिरहेको बेला आलम पक्षका वकिलसँग अदालत पुगेका चमारलाई प्रहरीले पक्राउ गरेको छ ।

चमार राजपुरमा भएको बम बिष्फोटमा घाइते भएको सरकारी साक्षी हुन् । उनले आफू बमले नभएर स्टोभ पड्केर घाइते भएको कागजात पेस गरेका छन् ।