मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २५ सोमबार १३:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

भारतद्वारा अतिक्रमित भूमि फिर्ता लिन सरकार दृढ छ : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २५ सोमबार १३:४५:००

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतद्वारा अतिक्रमित भूमि फिर्ता लिन सरकार दृढतापूर्वक अघि बढने प्रतिवद्धता जनाएका छन् । सत्तारुढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेपालको सीमाको रक्षा गर्न र भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता लिन सरकार दृढतापूर्वक अघि बढने बताएका छन् ।

सोमबार बिहान आफ्नै सरकारी निवास वालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकमा उनले भारतीय नक्सामा नेपालको भूमि समावेश गरिएको विषयमा नयाँ दिल्लीस्थित राजदुतावासमार्फत् भारत सरकारको ध्यानाकर्षण गराइएको जानकारी दिए । ‘यस बारेमा हाम्रो नयाँ दिल्लीस्थित राजदुतमार्फत् भारत सरकारको ध्यानाकर्षण गराइएको छ, प्रधानमन्त्रीको भनाई उधृत गर्दै प्रवक्ता श्रेष्ठले भने, ‘ ती समस्या समाधानका लागि छिट्टै उचित कूटनीतिक संयन्त्रमार्फत् भारतसँग वार्ता प्रक्रिया अघि बढाइनेछ ।’ बैठकमा प्रधानमन्त्री ओलीले द्धिपक्षीय वार्ताका लागि नेपाल सरकारले आफ्नो आधिकारिक दस्ताबेज तयार पार्ने काम अघि बढाएको पार्टीको सचिवालय बैठकमा ब्रिफिङ गरेका थिए । 

भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूमि समावेश गरिएकोमा नेपाल सरकारले असहमती जनाएको छ । उता, भारतले पनि उक्त समस्या समाधानको लागि सचिव स्तरीय वार्तामा बस्न सकिने जनाउ सरकारलाई दिएको छ ।