मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक २५ सोमबार ०८:२७:००
Read Time : > 3 मिनेट
सेयर बजार

नेप्से घट्यो, सेन्सेटिभ इन्डेक्स बढ्यो

Read Time : > 3 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक २५ सोमबार ०८:२७:००

साताको पहिलो दिन नेप्से परिसूचक झिनो अंक घटेर बन्द भएको छ । नेप्से ओरालो लागे पनि यस दिन सेन्सेटिभ इन्डेक्स भने बढेको छ । लगानीकर्ता ठूला कम्पनीतर्फ आकर्षित भएका कारण यस समूहको परिसूचक बढेको हो । नेप्से ओरालो लागेसँगै यस दिनको कारोबार रकम पनि अघिल्लो कारोबार दिनको तुलनामा घटेको छ । सूचीकृत कम्पनीहरूले चालू आवको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्न थालिसकेका छन् ।

अधिकांश कम्पनीहरूले नाफामूलक वित्तीय विवरण प्रकाशित गरेका छन् । तर, नाफामूलक वित्तीय विवरण प्रकाशित गर्दा पनि नेप्सेले सकारात्मक दिशा नलिएपछि लगानीकर्ताहरू निराश भएका छन् । पछिल्लो समयमा लगानीकर्ताहरूको कमजोर मनोबलका कारण बजार घटेको एक विश्लेषकले बताए । लगानीकर्ताहरूको मनोबल बढाउन सरकारले नीतिगत सुधार तथा बजार विस्तारका कार्य शीघ्र सञ्चालनमा ल्याउनुपर्ने उनको भनाइ छ ।

 बजार सारांश
आइतबार नेप्से परिसूचक शून्य दशमलव १८ अंक घटेर १ हजार १ सय ३१ दशमलव ८० बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव ६९ अंक बढेर २ सय ४९ दशमल शून्य १ बिन्दुमा पुगेको छ । फ्लोट इन्डेक्स शून्य दशमलव शून्य ३ अंक घटेर ८३ दशमलव ९१ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव २५ अंक बढेर ७९ दशमलव ९७ बिन्दुमा पुगेको छ । यस दिन १ सय ६३ कम्पनीको ५ हजार १ सय ५५ पटकको कारोबारमा २९ करोड ३१ लाख ४९ हजार रुपैयाँबराबरको १ लाख ८ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ ।

 प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको १४ दिने आरएसआई ४० दशमलव १५ स्केलमा पुगेको छ । आरएसआई न्युट्रल जोनमा रहनुले बजारमा सेयर खरिद चापको तुलनामा बिक्री बढेको संकेत गर्छ । 
एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव ७८ रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ६३ कम्पनीमध्ये ५४ कम्पनीको सेयरमूल्य बढेको छ भने ६९ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी ४० कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ ।

यस दिनको पिभट विश्लेषण गर्दा भोलि नेप्से ओरालो लागे पहिलो टेवा १ हजार १ सय २९ दशमलव ११ बिन्दुमा पाउने देखिन्छ । सो टेवा बिन्दुबाट पनि तल ओर्लिए नेप्सेले १ हजार १ सय २६ दशमलव ४३ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, भोलि बजार उकालो लागे नेप्सेले १ हजार १ सय ३५ दशमलव १९ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । सो बिन्दुभन्दा माथि गए नेप्सेले १ हजार १ सय ३८ दशमलव ५९ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । यस दिन नेप्सेको पिभट बिन्दु १ हजार १ सय ३२ दशमलव ५१ बिन्दु रहेको छ ।

  कम्पनीहरूको सेयरमूल्य फरकदर न्यून
यस दिन बजार सुस्त गतिमा रहेसँगै कम्पनीहरूको सेयरमूल्य फरक दर न्यून रहेको छ । सर्वाधिक कमाउने १० कम्पनीहरूको सूचीमा यस दिन सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको सेयरमूल्य यस दिन ४ दशमलव ४६ प्रतिशत बढेको छ ।

कम्पनीले १० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेका कारण सेयरमूल्य बढेको हो । यस दिन युनियन हाइड्रोपावरको सेयरमूल्य ३ दशमलव ८५ प्रतिशत, खानीखोला हाइड्रोपावर कम्पनीको ३ दशमलव ७० प्रतिशत, स्वदेशी लघुवित्त वित्तीय संस्थाको २ दशमलव ९० प्रतिशत र गोर्खाज् फाइनान्सको २ दशमलव ७३ प्रतिशत बढेको छ । यस दिन रैराङ हाइड्रोपावरको सेयरमूल्य ४ दशमलव ८० प्रतिशत घटेको छ । कारोबारमा आएको तारागाउँ रिजेन्सी होटेल, सिन्धु विकास बैंक, पाँचथर पावर कम्पनी र अरुण काबेली पावरको सेयरमूल्य ३ प्रतिशतभन्दा बढी घटेको छ ।

 एनएमबि बैंकको सर्वाधिक कारोबार
कारोबार रकम, सेयर संख्या र कारोबार संख्याका आधारमा यस दिन पनि एनएमबि बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन ४ सय ६४ पटकको कारोबारमा ५ करोड ७४ लाख ३१ हजार ७ सय १९ रुपैयाँबराबरको १ लाख ६२ हजार २ सय ९ कित्ता सेयर खरिद–बिक्री भएको छ । ओम डेभलपमेन्ट बैंकको मर्जर प्रक्रियाका कारण बैंकको सेयर कारोबार पछिल्लो ५ महिनादेखि रोक्का रहेको थियो ।

मर्जरपश्चात्  गत बिहीबारदेखि बैंकको सेयर कारोबार सुरु भएको थियो । सोही कारण बैंकको कारोबार पछिल्लो दिनमा बढेको हो । कारोबार रकमका आधारमा दोस्रो स्थानमा रहेको प्रभु बैंकको यस दिन २ सय ८६ पटकको कारोबारमा २ करोड ७५ लाख ४७ हजार रुपैयाँबराबरको १ लाख ४ हजार ४ सय २८ कित्ता सेयर किनबेच भएको छ । त्यसैगरी, यस दिन नेपाल बैंकको २ करोडभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ भने माछापुच्छ्रे बैंक र एनआइसी एसिया बैंकको कारोबार रकम १ करोड नाघेको छ ।

 ६ समूहको परिसूचक रातो
यस दिन कारोबारमा आएका ११ समूहमध्ये ६ समूहको परिसूचक घटेर रातो भएको छ भने बाँकी ५ समूहको परिसूचक बढेर हरियो भएको छ । अन्य समूहको परिसूचक यस दिन शून्य दशमलव ९ प्रतिशत, उत्पादनमूलक समूहको शून्य दशमलव ४ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव २७ प्रतिशत, वित्त समूहको शून्य दशमलव १२ प्रतिशत र निर्जीवन बिमा समूहको शून्य दशमलव शून्य ७ प्रतिशत बढेको छ । 

म्युचुअल फन्ड समूहको परिसूचक यस दिन सर्वाधिक १ दशमलव १५ प्रतिशत घटेको छ । त्यसैगरी, होटेल समूहको परिसूचक यस दिन शून्य दशमलव ८४ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव ७९ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव ७६ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव १४ प्रतिशत र वाणिज्य बैंक समूहको शून्य दशमलव शून्य ३ प्रतिशत घटेको छ ।