मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २४ आइतबार १७:१०:००
Read Time : < 1 मिनेट
समाचार

रमेश लेखकको संयोजकत्वमा उपनिर्वाचन समिति गठन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २४ आइतबार १७:१०:००

कांग्रेसले १४ मंसिरमा हुने उपनिर्वाचनका लागि केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा ६ सदस्यीय ‘अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति उपनिर्वाचन–२०७६’ गठन गरेको छ । समितिमा सीता गुरुङ, दीपक आचार्य, सिताराम केसी, तेज रावल र केशव रिजाल छन् । 

निर्वाचन आचारसंहिताको कार्यान्वयन, सुरक्षा व्यवस्था, स्थानीय निर्वाचन कार्यालय समन्वय समिति गठन र निर्देशन, प्रचार, मतदान र मतगणनालगायतका कार्य गर्न समितिलाई 
निर्देशन दिइएको छ । उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित एवं भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न गर्न पार्टी विधानअनुसार समिति गठन गरिएकोे कांग्रेसले जनाएको छ ।